ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

पशुपतिनाथमा ११ घन्टा समय लगाएर जलहरी राखियो

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार १४ गते, १२:५८ बजे
पशुपतिनाथमा ११ घन्टा समय लगाएर जलहरी राखियो
22
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी ११ घन्टा समय लगाएर पुनर्स्थापित गरिएको छ ।

सुनको परिमाणमा गडबडी भएको उजुरी परेको दुई वर्षपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगकका कर्मचारी जलहरीको तौल नाप्न आइतबार पशुपति पुगेका थिए ।

सोमबार बिहान २ बजे निकालिएको जलहरी बुधबार साँझ ६ बजेबाट पुनर्स्थापित गर्न सुरू गरिएको थियो । सुनको जलहरी हाल्नकै लागि बुधबार दिउँसैदेखि भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाइएको थियो। मन्दिरमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो। पशुपतिमा नियमित आरतीबाहेक अरू पूजाअर्चना पनि भएको थिएन।

‘पहिले राखेझैं गरेर मिलाएर राख्न कालिगढहरूलाई समय लाग्यो। हिजो साँझ ६ बजेबाट राख्न सुरू गरिएको भए पनि आज बिहान ५ बजेमात्रै काम सकियो,’ पशुपति क्षेत्र विकास कोषका एक पदाधिकारीले भने।

आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको शिवलिङबाट २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर नापजाँच गरेको थियो।

गर्भगृहबाट सुनका ३ वटा रिङ, बासुकी नाग १, जलधारा १, जलहरी ३, नाग ३ सहित ११ पाता सुन निकालेर तौलिएको थियो।

यसको तौल १०६।४३२५ किलो रहेको बताइएको छ।

त्यसैगरी, प्रयोगमा नआएको भनिएको सुनका २७ थान किला, पाता १, तार ७, ५ थान टुक्रा पनि नापजाँच भएको थियो। र, त्यसको परिमाण १।०३५७५ किलो रहेको बताइएको छ।

यो सबै परिमाण जोड्दा १०७.४६८२५ किलो हुन्छ।

अख्तियारले सुनको परिमाण पुगेको नपुगेकोबारे खुलाएको छैन । केही दिनपछि विवरण सार्वजनिक गर्ने भनेको छ । पशुपति क्षेत्र विकास कोषले जलहरीमा १०७ किलो ७९८ ग्राम सुन प्रयोग भएको बताएको थियो।

त्यसका लागि उसले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७९३।१०० ग्राम शुद्ध सुन खरिद गरेको बताएको छ । त्यसमा तामा २ किलो ८८८ ग्राम, चाँदी १ किलो २५३ ग्राम र जिन्क १२ ग्राम ७५ मिलि ग्राम मिसावट गरिएको उसको भनाइ छ।

२०७८ फागुनमा अदालतको आदेश छल्न छिटो तयार पारी ९६ किलो ८२२ ग्रामको जलहरी हालिएको र त्यसको मुचुल्का तयार गरेको कोषले बताउँदै आएको थियो।

रिङ र बाँकी सुनको तौल १० किलो ९७६ ग्राम रहेको उसको दाबी थियो । महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ले यसबारे प्रश्न उठाएको थियो।

उसले नेपाल राष्ट्र बैंकबाट ८० करोड ११ हजारमा १०३ किलो ७७३ ग्राम खरिद् गरेको र बाँकी रहेको ७ करोड ८६ लाख ४६ हजार मूल्यको १० किलो ९७६ ग्रामको रिङ्ग बनाउन प्रयोग भएको भनिए पनि पुष्टि हुने विवरण पेश नगरेको बताएपछि प्रकरण चर्किएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist