विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्वव थापाले विश्वासको मत लिन गणितले नपुग्ने भएकाले मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले राजीनामा दिएर भोलि आउने सरकारलाई मार्ग प्रशस्त गर्न सुझाएका छन् ।
मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावका विषयमा छलफलका क्रममा बोल्दै दलका नेता थापाले राजीनामा दिनुपर्ने बताएका हुन् ।
उनले प्रदेशको ढोका बन्द गरेर भागेको सरकारले अत्याधेशबाट बजेट ल्याउने सरकारलाई विश्वासको मत दिनु पर्ने अवस्था पनि नरहेको बताए ।
दलका नेता थापाले सदनमा बोल्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिने आधार नभएको बताए । उनले वर्तमान प्रदेश सरकारलाई विश्वास गर्ने आधार नरहेको बताए । उनले विश्वासको मत पत्र पठाएरै मागेकामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई धन्यवादसमेत दिएका थिए ।