ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

साकेलाको ‘ढाँडे’ बन्यो पोषणमैत्री नमूना टोल

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार २३ गते, ११:३५ बजे
साकेलाको ‘ढाँडे’ बन्यो पोषणमैत्री नमूना टोल
17
SHARES
Share on FacebookShare on Twitter

खोटाङ । साकेला गाउँपालिका–३, खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमूना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाभरिका ३९ वटा टोलमध्ये विश्व स्वास्थ्य सङ्गठनले तयार गरेको ७६ वटा मापदण्ड तथा सूचक पूरा गरेको पाइएपछि उक्त टोललाई पोषणमैत्री नमूना टोल सुनिश्चित र दिगोपना घोषणा गरिएको हो ।

पाँच वडा रहेको उक्त गाउँपालिकाका बाँकी ३८ वटा टोललाई नमूना टोल सुनिश्चितता गर्ने कार्य सकिएपछि सिङ्गै पालिकालाई पूर्णरुपमा पोषणमैत्री पालिका घोषणा गरिने जनाइएको छ ।

‘बहु क्षेत्रीय पोषण कार्यक्रम’ अन्तर्गत साकेला गाउँपालिकालाई आगामी चार वर्षभित्र ‘पोषणमैत्री स्थानीय तह’ घोषणा गर्ने गरी गत जेठ–२९ गते विभिन्न सूचकसहितको ११ बुदे प्रतिबद्धता पत्रमा जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तिले संयुक्तरुपमा हस्ताक्षर गरेका थिए ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पोषणमैत्री स्थानीय तह घोषणा गर्न गाउँपालिकाले पूरा गर्नुपर्ने ७६ वटा सूचक तय गरिएको छ । जसमध्ये अधिकांश सूचक पूरा भइसकेको गाउँपालिका उपप्रमुख बिर्सिका राईले बताए ।

गाउँपालिकालाई पोषणमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, वुद्धिजीवी, समाजसेवी, शिक्षक, सरोकारवाला नागरिक सबैले सकारात्मक भूमिका खेल्न गाउँपालिका उपप्रमुख राई आग्रह गरे ।

स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारलेसमेत पछिल्लो समय पोषणको क्षेत्रमा संवेदनशील भएर काम गरिरहेको बताए । उनले निर्धारित लक्ष्य अनुरूप पोषणमैत्री देश बनाउने अभियानमा साकेला गाउँपालिका अग्रपङ्तिमा रहेको बताए ।

साकेलावासी नागरिकले सजाएको समृद्धिको सपना पूरा गर्न गाउँपालिकालाई पोषणमैत्री स्थानीयतह घोषणा गर्नु पनि प्रमुख कर्तव्य भएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताए ।

“साकेला गाउँपालिकालाई भविष्यमा कस्तो बनाउने, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको क्षेत्रमा गरिने विकासलाई आवधिक योजनामार्फत दिगो विकास र समृद्धिको खाका कोरिएको छ”, उनले भने, “प्राथमिकता र आवश्यकताका आधारमा समृद्धिको गन्तव्यमा पालिकालाई पु¥याइनेछ । यसका लागि सबै पक्षको सहयोग अपरिहार्य छ ।”

गाउँपालिकालाई पोषणमैत्री घोषणा गर्न बालबालिकालाई अनिवार्य विद्यालय पठाएर गुणस्तरीय शिक्षा दिएको हुनुपर्ने, प्रत्येक वडामा स्वास्थ्यचौकीमा निःशुल्क र गुणस्तरीय उपचार र पोषण सेवा सुनिश्चित हुनुपर्ने, गर्भवती, सुत्केरी महिला र बालबालिकालाई पोषण प्रोत्साहन र पोसिलो खाना उपलब्ध गराउनुपर्ने, दुई वर्षमुनिका बालबालिकाको वृद्धि अनुगमन प्रभावकारी बनाउन बाल पोषण अनुदान वितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने सूचक रहेका छन् ।

सुरक्षित खानेपानी र सरसफाइ व्यवस्था सुनिश्चित, पूर्ण सरसफाइ अभियान, विभिन्न तहका प्रतिबद्धता, कार्य योजना र समन्वय संयन्त्रको सुनिश्चित, सहयोगी निकायबाट प्राप्त हुने सहयोग मूल प्रवाहीकरणमा ल्याएर कार्यान्वयन तथा प्रभावकारी अनुगमन, सबै स्तरमा बहु क्षेत्रीय पोषण योजना तर्जुमा र प्रभावकारी कार्यान्वयन तथा अनुगमन, सुशासन र पारदर्शिताको सुनिश्चितता लगायत सूचक पूरा भएको हुनुपर्ने प्रावधान रहेको छ ।

त्यसैगरी, समाजमा विद्यमान बाल विवाह र छुवाछुत तथा जातीय भेदभावजस्ता गलत संस्कार संस्कृतिको अन्त्य गर्न ठोस नियम र कार्य नीति बनाई कार्यान्वयन गर्ने, स्वस्थ्य, सफा र पोषणमैत्री घर, गाउँ, टोल र वडा अभियान सञ्चालन गर्दै आउँदो चार वर्षभित्र गाउँपालिकालाई पोषणमैत्री स्थानीयतह घोषणा गरिने बताइएको छ । पोषणमैत्री स्थानीय तह, वडा, टोल भएको अवस्थामा विभिन्न अनुदान प्राप्त हुने बताइएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist