विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न परेको रिट हेर्न नभ्याइनेमा राखिएको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए ।
उनका अनुसार आइतबार एकल इजलास बस्न नभ्याइने न्यायाधीशले गराएका हुन् ।
तीनजना मन्त्री थपिए
कोसी प्रदेशमा तीनजना मन्त्री थपिएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले माओबादीका जीवन आचार्य, राजेन्द्र कार्की र कांग्रेसका रामकुमार खत्रीलाई शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री उद्धव थापाले आचार्यसहित तीन जनालाई मन्त्री नियुक्त गरेर पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरी ६ सदस्यीय बनाएका हुन् ।
मुख्यमन्त्री थापाले आचार्यलाई आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त गरेका छन् । यस्तै, राजेन्द्र कार्की र रामकुमार खत्रीलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन् ।
सभामुख बाबुराम गौतमको समर्थनमा बहुमत पुर्याएर बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार कांग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा ९एकीकृत समाजवादी०बाट कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका छन् ।