ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

परराष्ट्रमन्त्री साउद भन्छन् – छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्छ

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार २५ गते, २१:१२ बजे
परराष्ट्रमन्त्री साउद भन्छन् – छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्छ
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकहरू चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताएका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकमा उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताएका हुँन् ।

एउटासँगको सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्न नहुनेमा मन्त्री साउदको जोड थियो । “दुई छिमेकी मुलुकको उदीयमान अर्थतन्त्रका रूपमा प्रभाव बढ्दो छ । नेपालसँग उनीहरूको परम्परागत सम्बन्ध छ”, उनले भने, “जसलाई थप मजबुत र सुदृढ बनाउनु पर्छ । एउटा सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्नु हुँदैन ।”

छिमेकी मुलुकसँगको सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्न नहुने भन्दै परराष्ट्रमन्त्री साउदले पारदर्शीरूपमा आफ्ना सरोकार राख्नुपर्ने बताए । “सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्नु हुन्न”, उनले भने, “पारदर्शीरूपले आफ्ना ‘कन्सर्न’ राख्नुपर्छ ।”

भारतसँगको सम्बन्ध ऐतिहासिक र विशिष्ट रहेको भन्दै उनले खुला सिमाना, दुईतिहाइ व्यापार, पारवहन सुविधाका दृष्टिले पनि महत्त्वपूर्ण रहेको बताए ।

यसैगरी, उनले एक चीन नीतिमा सरकार प्रतिबद्ध रहेको जिकिर गर्दै मित्रराष्ट्रका विरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिनेमा जोड दिएका छन् ।

अमेरिका र युरोपियन युनियनसँग विकास सम्बन्धका दृष्टिकोणले महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । परराष्ट्रमन्त्री साउदले अमेरिका र युरोपियन युनियनबाट अधिकतम विकास सहयोग परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आगामी अगस्टदेखि कार्यान्वयनमा जाने उनले समितिलाई जानकारी दिएका छन् ।

मन्त्री साउदले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) का सन्दर्भमा सन २०१७ मा नै ‘एमओयू’ भएको र कार्यान्वयनका लागि छलफलकै क्रममा रहेको बताए ।

“बीआरआई सन्दर्भमा २०१७ मा नै एमओयू भएको थियो । जसलाई कार्यान्वयन गर्ने सम्बन्धमा छलफलकै क्रममा रहेको छ”, उनले भने, “यसअन्तर्गत आयोजना कार्यान्वयन सुरु भइसकेको छैन ।”

परराष्ट्रमन्त्री साउदले रसियामा नेपाली युवा सेनामा भर्ना भएको भनिएको विषयमा मस्कोस्थित नेपाली नियोगलाई यकिन गर्न लगाइएको पनि समितिलाई जानकारी दिएका छन् ।

उनले राजदूत नियुक्तिबारे उच्च तहमा परामर्श भएको जानकारी दिए । “राजदूत नियुक्तिसम्बन्धी निर्देशिका र मापदण्डअनुरूप नियुक्ति केही दिनमा नै हुने छ”, परराष्ट्रमन्त्री साउदले भने ।

उनले राहदानी सेवाको निरन्तरताका लागि थप खरिद प्रक्रिया अघि बढिसकेको पनि समितिलाई जानकारी दिएका छन् । पाँच वर्षका लागि पुग्ने गरी ६० लाख राहदानी खरिद प्रक्रिया अघि बढाइने उनको भनाइ थियो ।

मन्त्री साउदले परराष्ट्र मन्त्रालयलाई ‘रि–स्ट्रक्चरिङ’ गर्नुपर्ने पनि बताए । “सबै मुलुकमा दूतावास छैनन् । जनशक्ति सीमित छ”, उनले भने, “तसर्थ विदेशमा रहेका नेपालीको संरक्षण र राहतका काम गर्न सक्ने गरी परराष्ट्र मन्त्रालयको ‘रि–स्ट्रक्चरिङ’ गर्नुपर्ने छ ।” बढ्दै गएको दायित्व निर्वाहका लागि मन्त्रालयसँग जनशक्ति हुनपर्ने मन्त्री साउदको भनाइ थियो ।

उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) प्रक्रिया सुचारु गर्नेबारे सबै सदस्य मुलुकबीच सहमति जुट्न नसकेको अवस्था दर्शाउँदै प्रक्रियालाई पुनः सक्रिय गर्नेतर्फ प्रयास जारी रहेको बताए ।

मन्त्री साउदले रसुवा, तातोपानीलगायत चीनसँगका सीमा नाका अझै सहज बनाउने र अन्य नाकासमेत स्तरोन्नति गरी सञ्चालन गर्नेतर्फ कूटनीतिक पहल जारी रहेको पनि जानकारी दिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist