ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

अन्नपूर्ण पदमार्ग सुनसान बन्दा व्यवसायी निराश

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार २७ गते, १५:३३ बजे
अन्नपूर्ण पदमार्ग सुनसान बन्दा व्यवसायी निराश
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । विश्व पर्यटन बजारमध्ये एक मानिने चक्रीय अन्नपूर्ण पदमार्ग यतिबेला सुनसान भएसँगै पर्यटन व्यवसायी निराश बन्न थालेका छन् । केहीहप्ता अघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान बन्दा पर्यटन व्यवसायी निराश बन्न थालेका हुन् ।

कोरोना सङ्क्रमण र चिसो मौसमपश्चात् फष्टाउन थालेको पर्यटन क्षेत्र पुनः बर्खाले थला पारेको छ । विदेशी पर्यटक यतिबेला एक दुई दिन विराएर दुई चार जना मात्र आउने गरेको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्रले जनाएको छ ।

यस पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी मेखबहादुर गुरुङले भने,“केही समय अघिसम्म पर्यटकको चलपहल हुँदा दैनिक रु ३०-४० हजारभन्दा बढी आम्दानी हुने गरेपनि यतिबेला पर्यटक नआउदा दुई चार पैसा देख्न पनि मुस्किल हुन थालेको छ ।

हाम्रो मुख्य आम्दानीको स्रोत भनेकै पर्यटक हो, पर्यटक आए आम्दानी, नआए समस्या हुने गरेको छ ।” बर्खा लागेसँगै पदमार्गमा आउने पर्यटकलाई समस्या हुने कारणले पर्यटक दुई तीन महिनासम्म नआउँदा व्यवसाय पनि नचल्ने भएकाले निराश हुन परेको उनले बताए ।

अर्का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, “पर्यटकको आगमन ठप्प भएसँगै आम्दानी पनि ठप्प भएको छ । व्यवसाय चलायमान हुँदै जाँदा बर्खाका कारण पुनः पर्यटक घटेकाले पदमार्ग सुनसान भएसँगै आफू मात्र नभइ यस क्षेत्रमा रहेका पर्यटन व्यवसायी निराश हुन थालेको उनको भनाइ थियो ।

यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन् । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् ।

मनाङका विभिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङको चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ ।

सन् २०२३ सुरु भएयता हालसम्म यस पदमार्गमा नौ हजार बढी पर्यटकको आगमन भएको एक्याप पर्यटक जाँच केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए । उनका अनुसार यसअघि फ्रान्स, जर्मनलगायत देशका बढी पर्यटक आएका थिए ।

बर्खा लागेकाले अफसिजन भएको र दृश्य पनि राम्रो नदेखिने तथा बर्खामा बाटो हिँड्न समस्या हुनेलगायत कारण पर्यटकको आगमन ह्वात्तै घटेको उनको भनाइ थियो । पर्यटक नआउँदा पर्यटन व्यवसायी मात्र नभइ आफू पनि फुर्सिदिलो बन्न पुगेको पर्यटन सहायक गुरुङले सुनाए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist