ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न कोशी सरकारलाई सर्वाच्चको आदेश

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार २७ गते, १९:४८ बजे
कांग्रेस पक्षका २६२ कानुन व्यवसायीको बहस नोट (पूर्णपाठ)
21
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अन्तिम किनारा नभएसम्मका लागि भन्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले मुद्दाको सो आदेश दिएको हो ।

सभामुखको समर्थनमा सरकार गठन हुने गैरसंवैधानिक हुने दाबी गर्दै एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेकाका सर्वोच्चले उक्त आदेश दिएको हो ।

सर्वोच्चले साउन ३ गतेभित्र सरकार गठनको सवालमा लिखित जवाफ पेश गर्न कोशी प्रदेश प्रमुख, मुख्यमन्त्री, कोशी प्रदेशका सभामुख लगायतका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

अदालतले कांग्रेस संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने सन्दर्भमा पेश भएको प्रस्ताव झिकाउनु भनेको छ । प्रस्तावका सबै कागजातसहित प्रदेश प्रमुखले असार २१ गते गरेको निर्णयको सक्कल फाइल झिकाउन समेत अदालतबाट आदेश भएको छ ।

यसैगरी, साउन ७ गतेदेखि मुद्दाको निरन्तर सुनुवाइ गर्नका लागि पेशी तोक्न अदालत प्रशासनलाई इजलासले आदेश दिएको छ ।

कोशी प्रदेससभाका सभामुख बाबुराम गौतमले २८ पुस २०७९ मा आफू राजनीतिक दलमा आवद्ध नभएको भनी घोषणा गरेको तर प्रदेश प्रमुखले बहुमतको सरकारका लागि गरेको आह्वानमा उनको समेत समर्थन देखिएको भन्दै सर्वोच्च अदालतले संविधान प्रतिकुल सरकार गठन भएको भन्ने प्रश्न जोडिएकाले ‘दीर्घकालीन असर पर्ने काम नगर्नु भनी आदेश दिएको हो ।

सरकार गठनका लागि बहुमत नपुग्ने भएपछि कोशी प्रदेशमा सभामुख गौतमको हस्ताक्षरसमेत समावेश गरेर सत्तारुढ दलहरुले बहुमत जुटाएका थिए । त्यसरी प्राप्त प्रस्तावका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कांग्रेसका २९, माओवादीका १३ ९सभामुखसहित०, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा) का एक प्रदेशसभा सदस्य छन् ।

सभामुखबाहेक गठबन्धनसँग ४६ जनामात्र प्रदेशसभा सदस्य पुग्ने भएकाले सभामुखको पनि हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखसमक्ष बुझाइएको थियो । प्रदेशसभामा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना प्रदेशसभा सदस्य छन् ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist