ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इटहरीको मोडर्न प्रिपेरेटोरीमा कविता सुनाउँदै विद्यार्थीहरूले मनाए भानु-जयन्ति

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार २९ गते, ८:१० बजे
इटहरीको मोडर्न प्रिपेरेटोरीमा कविता सुनाउँदै विद्यार्थीहरूले मनाए भानु-जयन्ति
35
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीको अवसरमा  इटहरी ६ मा रहेको मोडर्न प्रिपरेटोरी सेकेण्डरी बोर्डिङ स्कूलका बालबालिकाहरु कविता प्रतियोगिताको आयोजना गरि मनाएका छन् ।

भानु जयन्तीको पूर्वसन्ध्यामा बिद्यालयमा रहेको ‘आर्ट एण्ड लिटरेचर क्लब’ (कला र साहित्य क्लब)ले भानु जयन्ति विशेष कविता प्रतियोगिताको आयोजना गरेको हो ।

बिद्यालयका बिद्यार्थीहरु आफैले संचालन गर्ने उक्त ‘आर्ट एण्ड लिटरेचर क्लब’को आयोजना भएको उक्त कविता प्रतियोगितामा प्राथमिक तहदेखि माध्यमिक तहसम्मका प्रतियोगी र अप्रतियोगी गरी ३० जना बढी विद्यार्थीहरुले आ-आफ्नो कविता प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा विद्यालयका शिक्षकहरुले समेत आ-आफ्नो कविता प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरूलाई सृजनशील बनाउन उत्प्रेरित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले बताए ।

प्रधानाध्यापक पौडेलले भने, ‘हामीले स–साना विद्यार्थीहरूलाई पनि सृजनशील बनाउनका निम्ति यस्ता कार्यक्रमको आयोजना गर्दै आएका छौँ  । यस्ता प्रतियोगिताले विद्यार्थीलाई सृजनशील बन्नसँगै अगाडि गएर बोल्न पनि सिकाउने भएकाले हामीले भानु जयन्तीको अवसर पारेर यो किसिमको कार्यक्रम गरेका छौँ ।’

‘पढाइ सँगै विद्यार्थीलाई ज्ञान र सीप आवश्यक हुन्छ । विद्यार्थीको सर्वाङ्गिण विकास गराउने शिक्षक-अभिभावक हुन् । बालबालिकामा रहको क्षमता प्रस्फुटन गर्न वातावरणको धेरै ठुलो भूमिका हुन्छ । त्यसका लागि विद्यालयले काम गरिरहेको छ ।’ प्रधानध्यापक पौडेलले भने ।

कार्यक्रममा कवि एवं पत्रकार विवेक विवस रेग्मीले कविताले बाल मस्तिस्कमा सकारात्मक प्रभाव पार्ने बताउँदै बालबालिकामा उत्साह, अनुभव, सहभागिता र अभिव्यक्ति जस्ता महत्वपूर्ण सकारात्मक मनोवैज्ञानिक असरहरू हुने बताए ।

‘केटाकेटी’ शीर्षकको कविता वाचन गरेका रेग्मीले यस्ता कार्यक्रमहरुले निरन्तरता पाउँनुपर्ने बताए । उनले भने, ‘कविताले विचारहरूलाई विस्तार गर्ने र एक साथै विभिन्न धारणाहरू, भावनाहरू, रचनात्मकताहरूको मिश्रण प्रस्तुत गर्दछ । यसले बाल मस्तिस्कलाई नयाँ धारणा, बिचारहरूलाई विकास गर्ने सहयोग गर्दछ।’

विद्यालय संचालक समितिका अध्यक्ष सञ्जीव वाग्लेले विद्यार्थीहरूको क्षमता अभिवृद्वि गर्न विद्यार्थीकै सक्रिय सहभागितामा बिद्यालयमा नियमित कार्यक्रमको आयोजना गर्ने गरिएको बताए ।

विद्यार्थीहरूलाई विभिन्न समयमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदा उनीहरूको क्षमता वृद्विसँगै प्रतिभा प्रस्फुटन हुँने वाग्ले बताउँछन् ।

कक्षागत र विषयगत सिकाईबाहेक पनि विद्यालयले रचनात्मक काममा पनि विद्यार्थीहरूलाई सहभागी गराउँदै आएको बताउँदै अध्यक्ष वाग्लेले भने, ‘कविताले जीवनको वास्तविकतालाई एक नयाँ आयाम दिने गर्दछ र यसले बालबालिकाको मन, मस्तिस्क र भावनाहरूमा सकारात्मक असरहरू पार्छ।’

उनका अनुसार प्रतियोगितामा विद्यार्थीहरूले कविता सुनाएका थिए भने शिक्षक, शिक्षिकाहरूले पनि उत्तिकै सक्रिय सहभागी जनाएर कविता सुनाएका थिए ।

बिद्यालयमा मोडर्न बाल क्लब, आर्ट एण्ड लिटरेचर क्लब, ट्राभल एण्ड टुरिजम क्लब, इन्भारोमेंट एण्ड स्यानिटेसन क्लब, सोसल वेलफेयर क्लब, स्काउट  र रेडक्रसमा आवद्द विद्यार्थीहरुले समय समयमा बिभिन्न नियमितरुपमा कार्यक्रमहरु आयोजना गर्ने गरेको प्रधानाध्यापक पौडेलले जानकारी दिए ।

उक्त प्रतियोगितामा प्रथम कक्षा ६ मा अध्यनरत छात्रा रूस्मिता खत्री प्रथम, कक्षा १० का छात्र रेहान्त कार्की दोश्रो र  कक्षा १० मा अध्यनरत छात्र उज्ज्वल निरौला तेश्रो भएका थिए । कार्यक्रममा विद्यालयका सञ्चालक, शिक्षक-शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist