काठमाण्डौं । बिहीबार साँझ भएका भीषण विस्फोटमा परी हालसम्म १३ अमेरिकी सैनिकसहित ९० जनाको मृत्यु भएको पुष्टि भएको छ । अमेरिकी सेनाले काबुलमा थप बम हमला हुन सक्ने भन्दै उच्च सतर्कता अपनाएको छ ।
अमेरिकी सेनाले काबुल विमानस्थलमा अहिले सुरक्षा उच्च पार्दै सुरक्षा सतर्कताका साथ काम गरिरहेको अमेरिकी सेनाले बताएको छ । अमेरिकी कमान्डरहरु अफगानिस्तानमा फेरी पनि थप आक्रमण भए आफूहरु त्यसको सामना गर्न तयारी अवस्थामा रहेको एक उच्च सैन्य अधिकारीले बताएका छन् । ‘सावधानीका साथ हामी हरसम्भव प्रयास गरिरहेका छौँ, हमलाको सामनाका लागि तयार छौँ’, उनले भनेका छन्।
बिहीबार साँझ काबुल विमानस्थलमा भएको बम आक्रमणमा अमेरिकी भन्दा धेरै आफ्ना सदस्यहरु मारिएको बताएको छ । समाचार एजेन्सी रोयटर्सको रिपोर्टले काबुल विमानस्थलमा भएको हमलामा तालिबानका कम्तीमा पनि २८ सदस्य मारिएका बताएको छ ।
काबुलमा ९० जना भन्दा धेरैको ज्यान गयो । बम हमला संलगन लाई खोजी खोजी सजाय दिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताए उनि भन्छन् ‘बम हमलामा संलग्न लाई माफ नगर्ने र उनीहरुलाई खोजेरै छाड्ने छौं । ‘हामी माफ गर्ने छैनौँ । हामीले बिर्सने छैनौँ । हामी तिमीहरुलाई खोजेरै छाड्ने छौँ र सजाय दिने छौँ’,
आफूहरुले गरिरहेको हवाई उद्धार कार्य जारी नै रहने पनि राष्ट्रपति बाइडनले जानकारी दिएका छन् ।