ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सरकारले सहकार्य गर्ने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० साउन ५ गते, २०:२६ बजे
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सरकारले सहकार्य गर्ने
29
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) सँग सरकारले सहकार्य गर्ने बताएका छन् ।

शुक्रबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड बितरण कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भने, ‘उत्पादनलाई एक तहको सुरक्षा दिने नीति सरकारले लिएको छ । चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले चार्टर्ड एकाउन्टेन्ट उत्पादन गरोस् सरकारले वितरण गर्नेछ । जवाफदेहिता र पारदर्शिता लागि यो संस्थाको भूमिका महत्वपूर्ण छ, सरकारलगायत हरेक संघसंस्थामा जवाफदेहिता र पारदर्शिता अनिवार्य आवश्यकता हो ।’

आगामी दिनमा चार्टर्ड एकाउन्टेन्टको लोकप्रियता अझ बढ्दै जाने मन्त्री डा. महतको भनाइ थियो । नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै मन्त्री डा. महतले भने, ‘नयाँ कार्यसमितिले संस्थालाई अझ एक स्टेप लैजानु हुनेछ भन्ने मलाई विश्वास छ । पुरस्कृत विभिन्न संघसंस्था पनि हार्दिक बधाई दिन चाहन्छु ।´

कार्यक्रममा मन्त्री डा. महतले भने, ‘लेखा राख्ने विषय जवाफदेही, कानुन र पारदर्शितासँग जोडिएको विषय हो । यी सबै कुरा लोकतन्त्रसँग जोडिएको विषय हो । जुन देशमा लोकतन्त्र हुन्छ, त्यहाँ पारदर्शिता र जवाफदेही जरुरी हुन्छ । पारदर्शिता र जवाफदेहिता हरेक संस्थामा सुनिश्चिता हुनुपर्छ । यसको सुनिश्चिता गर्ने काम चार्टर्ड एकाउन्टेन्टको हो । चार्टर्ड एकाउन्टेन्टले हरेक जिम्मेवारी पूरा गरिरहनु भएको छ ।’

वित्तीय क्षेत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्सले महत्वपूर्ण योगदान पुर्याइरहेको मन्त्री डा. महतले बताए । चार्टर्ड एकाउन्टेन्ट बन्न धेरै कठिन छ, यद्यपि नेपालमा ठूलो संख्यामा युवाहरु लागिरहेको भन्नुहुँदै अहिले २२ सय रजिष्टर चार्टर्ड एकाउन्टेन्ट र ७ हजार अडिटर रहेको जानकारी दिए । यसको अर्थ हो, कठिन भए पनि चार्टर्ड एकाउन्टेन्टप्रति आर्कषण बढिरहेकोमा मन्त्री डा. महतले खुशी व्यक्त गरेका छन् ।

चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने हबको रुपमा नेपाललाई विकास गर्न सकिने मन्त्री डा. महतले औंल्याए । उत्पादनको क्षेत्र निजी क्षेत्रले गर्यो भने वितरण सरकारले गर्ने जानकारी दिँदै मन्त्री डा. महतले भने, ‘निजी क्षेत्रलाई अब संस्थागत गर्न जरुरी छ । व्यक्ति वा परिवारले मात्र चलाउने होइन, यसलाई कर्पोरेट कल्चरमा लैजानुपर्छ ।’

कर्पोरेट कल्चर विकास भयो भने व्यापार व्यवसाय गर्न अनिच्छुकले लगानी गर्न सक्छन् । कर्पोरेट कल्चरमा जवाफदेही र पारदर्शिता हुने मन्त्री डा. महतको भनाइ थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist