ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मुद्रास्फीतिलाई ६ दशमलव ५ प्रतिशतभित्र कायम राख्ने – राष्ट्र बैंक

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० साउन ७ गते, २१:५७ बजे
राष्ट्र बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने
34
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्रास्फीतिलाई ६ दशमलव ५ प्रतिशतभित्र कायम राख्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक गरेको छ ।

बैंकले आइतबार ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने, मुद्रास्फीतिलाई ६ दशमलव ५ प्रतिशतभित्र कायम राख्ने लक्ष्यसहितको आर्थिक बर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गरेको हो ।

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि हासिल गर्न पुँजी निर्माण हुने क्षेत्रमा वित्तीय स्रोत परिचालन गरी उत्पादन क्षमता अभिवृद्धि गर्ने नीतिलाई प्राथमिकतामा साथ अघि सारेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने गरी कुल आन्तरिक माग व्यवस्थापन गर्ने रणनीति मौद्रिक नीति मार्फत अघि सारिएको उनले बताए ।

आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण मौद्रिक नीतिले गरेको छ भने बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राखी निक्षेप सङ्कलन बोलकबोल दरलाई ५।५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ भने आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ ।

आन्तरिक माग एवम् आपूर्तिबीच सन्तुलन कायम राखी समग्र माग व्यवस्थापन गर्दै समष्टिगत आर्थिक स्थायित्व हासिल गर्नेतर्फ मौद्रिक नीति केन्द्रित भएको बैंकका गभर्नर अधिकारीले बताए । मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा बढाइएको छ । यसअघि, पहिलो आवासीय घर कर्जाको सीमा एक करोड ५० लाख रुपैयाँ रहेकामा त्यसलाई वृद्धि गरी दुई करोड रुपैयाँ पुर्याईएको पनि उनले जानकारी दिए ।

यस्तै, सेयर धितो, रियल स्टेट तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरवलोकन गरिने राष्ट्र बैंकले जनाएको छ । २०८१ असार मसान्तसम्म एकीकृत कारोबार सञ्चालन गरेमा विद्यमान सुविधा उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने बैंकले जनाइएको छ ।

नेपाली नागरिकलाई राहदानी सुविधाबापत एक वर्षमा दुईपटकसम्म अमेरिकी डलर एक हजार ५०० सम्म सटही सुविधा दिइने गरिएकामा त्यसलाइ परिमार्जन गरी अमेरिकी डलर दुई हजार ५०० पुर्याईएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist