ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कांग्रेसमा उम्मेदवार हुन शुल्क – कुन तहको कति ?

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ११ गते, १२:३८ बजे
कठोर बन्दै देउवा : कांग्रेसमा बागीलाई अब ‘नो इन्ट्री’
28
SHARES
Share on FacebookShare on Twitter

काठमाडाैं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा उम्मेदवार हुन चाहनेहरुले न्यूनतम एक सय रुपैयाँदेखि अधिकतम ३० हजार रुपैयाँसम्म उम्मेदवारी शुल्क तिर्नुपर्ने भएको छ।

कांग्रेसको निर्वाचन निर्देशिकामा उल्लेख भए अनुसार वडा कार्यसमिति सदस्य पदका उम्मेदवारले सबैभन्दा कम एक सय र केन्द्रीय सभापतिका उम्मेदवारले सबैभन्दा धेरै ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क तिर्नुपर्ने छ।

यस्तै केन्द्रीय उपसभापति र महामन्त्रीकाे उम्मेदवार बन्नका लागि २५ हजार र सहमहामन्त्रीका लागि २० हजार रुपैँया शुल्क तिर्नु पर्नेछ।  केन्द्रीय सदस्य पदको निर्वाचनमा भाग लिन १० हजार रुपैयाँ शुल्क ताेकिएकाे छ।

यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिका लागि तीन हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि पाँच हजार र केन्द्रीय महासमिति सदस्य पदको निर्वाचनका लागि सात हजार रुपैयाँ शुल्क लाग्ने निर्वाचन निर्देशिकामा उल्लेख छ।

प्रदेश सभापति पदका लागि १५ हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्री उम्मेदवारले ११ हजार र सदस्यका लागि पाँच हजार शुल्क ताेकिएकाे छ भने जिल्ला कार्यसमितिकाे सभापतिकाे उम्मेदवार बन्न १० हजार, उपसभापति र सचिवका लागि सात हजार, सहसचिवका लागि ६ हजार र सदस्यका लागि तीन हजार शुल्क तोकिएको छ।

वडा सभापति पदका लागि पाँच सय, उपसभापति, सचिव र सहसचिवका लागि तीन सय, प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि पाँच सय र सदस्य पदको लागि एक सय रुपैयाँ शुल्क तोकिएको हो।

गाउँपालिका कार्यसमितिका लागि सभापति निर्वाचनमा भाग लिनेले दुई हजार, उपसभापति, सचिव र सहसचिवका लागि एक हजार र सदस्यको निर्वाचनका लागि पाँच सय शुल्क लाग्नेछ।

नगर सभापतिकाे उम्मेदवार हुन चार हजार, उपसभापति र सचिवका लागि तीन हजार, सहसचिवका लागि दुई हजार र सदस्यका लागि एक हजार शुल्क ताेकिएकाे छ। यस्तै महानगरपालिका र उपमहानगर भित्रका सभापति पदको निर्वाचनका लागि पाँच हजार, उपसभापति र सचिवलाई तीन हजार, सहसचिवलाई दुई हजार र सदस्यलाई दुई हजार शुल्क तोकिएको छ।

प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा सभापतिलाई पाँच हजार, उपसभापति र सचिवलाई तीन हजार, सहसचिवलाई दुई हजार पाँच सय र सदस्यलाई दुई हजार शुल्क लाग्ने भएकाे छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist