ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

आँखाको संक्रमण बढेसँगै बुधवार मोडर्न प्रिपरेटोरी स्कुलमा निशुल्क आँखा जाँच शिविर हुने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० साउन १५ गते, १९:३२ बजे
आँखाको संक्रमण बढेसँगै बुधवार मोडर्न प्रिपरेटोरी स्कुलमा निशुल्क आँखा जाँच शिविर हुने
158
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । इटहरी र आसपासका क्षेत्रमा बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएको समयमा आफ्ना बिद्यार्थी, अभिभावक र समुदायलाई लक्षित गरेर इटहरी स्थित मोडर्न प्रिपरेटोरी सेकेण्डरी बोर्डिंङ्ग स्कुलले निशुल्क आँखा जाँच शिविरको आयोजना गरेको छ ।

आफ्ना बिद्यार्थीहरुमा समेत आँखाको संक्रमण देखिएपछि सो विद्यालयले विराट आँखा अस्पताल विराटनगरसंगको सहकार्यमा आँखा जाँच शिविरको आयोजना गरिएको विद्यालयका सह-प्रधानाध्यापक रमेश निरौलाले बताएका छन् ।

इटहरी र आसपासका क्षेत्रमा आँखाको समस्याले प्रकोपकै रुप लिइरहेको बताउँदै सह-प्रधानाध्यापक निरौलाले भने,”इटहरी र वरिपरिका क्षेत्रमा आँखाको समस्याले प्रकोपको रुप लिंदै गएको देखेपछि हामीले हाम्रा विद्यार्थी, अभिभावकका लागि बिद्यालयमै निशुल्क आँखा शिविर आयोजना गरेका हौँ ।”

उक्त शिविरबाट बिद्यालयका बिद्यार्थीहरुले मात्र नभई अभिभावक सहित परिवारका सदस्यहरु र समुदायका अन्य सदस्यहरु समेत लावान्वित हुने उनले बताए ।

बिद्यालयले प्रत्येक वर्ष निशुल्क आँखा शिविर संचालन गर्दै आएको बताउँदै उनले भने, “हामीले प्रत्तेक वर्ष आँखा अस्पतालसँगको सहकार्यमा यस्ता शिविरहरु आयोजना गर्दै आएका छौं । अहिले आँखाको समस्या बढ्दो रुपमा रहेकाले तत्काल आँखा शिविर राख्ने निर्णय गरेका हौँ ।”

बिद्यालयले आगामी श्रावण सत्र गते बुधवार दिउँसो दश बजे देखि अपरान्ह तीन बजे सम्म बिद्यालयमा शिविर संचालन हुने जनाएको छ । शिविरमा निशुल्क आँखा जाँच, औषधि र चस्मा समेत वितरण गरिने बताएको छ ।  आँखाको समस्या भएकाहरुलाई उक्त शिविरमा आएर आँखा जाँच गराउन पनि बिद्यालयले आग्रह गरेको छ ।

पूर्वमा बढ्यो आँखाको संक्रमण 

विराटनगर, इटहरी, इनरुवा, बिर्तामोड, दमकलगायत क्षेत्रमा आँखा पाक्ने समस्या देखिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले बढी मात्रामा बालबालिका प्रभावित बनेको जनाएको छ ।

चिकित्सकका अनुसार सरुवा रोग भएकाले आँखाको संक्रमण अरुमा चाँडो सर्छ । विद्यालय जाने बालबालिकादेखि उपचारका लागि अस्पताल पुग्नेहरुबाट समुदायस्तरमै संक्रमण फैलिइरहेको छ ।

नेत्ररोग विशेषज्ञहरु पछिल्लो समय ‘एडिनो’ भाइरसका कारण निम्तिएको आँखा पाक्ने समस्या भाइरलका रूपमा फैलिरहेको बताउँछन् । मनसुनमा भाइरस सक्रिय भएर आँखामा हुने संक्रमणको गति तीव्र बन्दा आँखा पाक्ने बिरामी बढिरहेको उनीहरुको भनाइ छ ।

मौसममा भइरहेको फेरबदल, धुलो, धुवाँ, आँखाको सुरक्षामा हेरचेक्र्याइँ, असावधानी आदि कारणबाट आँखा पाक्ने रोगले प्रकोपकै रूप लिएको चिकित्सक बताउँछन् ।

संक्रमण भएका बालकालिकामा आँखा रातो हुने, कचेरा आउने, आँखा टालिने, सुन्निने, अत्यधिक दुख्ने, पोल्ने, हेर्न गाह्रो पर्ने, निरन्तर आँसु बग्नेलगायतका समस्या देखिएको छ ।

बालबालिकाबाट अभिभावकमा पनि संक्रमण सरिरहेको चिकित्सक बताउँछन् । उनीहरुका अनुसार अँग्रेजीमा यो संक्रमणलाई ‘कन्जक्टिवाइटिस’ भनिन्छ । आँखाको संक्रमण भीडभाडका कारण एकबाट अर्कोमा चाँडो सर्ने विराटनगर आँखा अस्पतालका प्रवन्धक कुमार पृथुले बताए । संक्रमण हुन नदिन र आँखाको सुरक्षामा सबैले ध्यान दिनुपर्ने उनले बताए ।

पृथुका अनुसार आँखा पाक्ने समस्या लिएर अस्पतालमा मात्रै दैनिक दुई सयभन्दा बढी आउन थालेका छन् । तीमध्ये दुई सयभन्दा बढीमा आँखा पाक्ने समस्या देखिएको जनाइएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist