काठमाडौं । प्रहरीको हिरासतमा रहेका नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्मा रिहा भएका छन् । शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका उनि आज रिहा भएका हुन् ।
सांसद शर्मा सहित ६ जनालाई म्याद थपका लागि प्रहरीले जिल्ला अदालत लगेकोमा जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न आदेश दिएसँगै उनि रिहा भएका हुन् ।
अदालतले सांसद शर्मालाई थुनामा नराखिकन अनुसन्धान गर्न आदेश दिएपछि अदालतको आदेश बमोजिम शर्मालाई रिहाइ गरिएको सिआईबीका प्रवक्ता नबराज अधिकारीले जानकारी दिएका छन् ।
सोही अभियोगमा पक्राउ परेका अन्य आरोपीहरुलाई भने हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।