ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

नेपाली कांग्रेसद्वारा धनकुटामा सांगठनिक र वैचारिक प्रशिक्षण सम्पन्न

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० भदौ ३ गते, २०:४८ बजे
नेपाली कांग्रेसद्वारा धनकुटामा सांगठनिक र वैचारिक प्रशिक्षण सम्पन्न
37
SHARES
Share on FacebookShare on Twitter

धनकुटा । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई सांगठनिक र बैचारिक रुपमा प्रशिक्षित गर्दै नेपाली कांग्रेस धनकुटा नीति अनुसन्धान तथा प्रशिक्षण शाखाद्धारा धनकुटामा संचालन गरिएको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री तथा मुख्य प्रशिक्षक माननीय विश्वप्रकाश शर्माले पार्टीको निति सिद्धान्त, पार्टी संगठन, विकास निर्माण र पार्टी र जनप्रतिनिधि विचको सम्वन्धका विषयमा वृहत रुपमा प्रशिक्षण दिंदै अव धनकुटा कांग्रेसजनहरु जनताका विचमा गएर पार्टीलाई रुपान्तरण गर्दै नविनतम ढंगबाट संगठनमा लाग्नु पर्ने वताएका छन् ।

यसैगरी, नेपाली कांग्रेसका प्रदेश महामन्त्री तथा प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक माननीय भूपेन्द्र राईले जनप्रतिनिधहरुको चुनौती र समाधानको विषयमा,प्रजातन्त्रवादी प्रध्यापक संघका वरिष्ठ केन्द्रिय उपाध्यक्ष मदन कट्टेलले स्थानीय सरकार ऐन, आर्थिक ऐन र नागरिकता ऐनको विषमा र केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पूर्व केन्द्रिय सदस्य अधिवक्ता आनन्द सन्तोषी राईले राजनैतिक दल सम्वन्धि ऐनको विषयमा प्रशिक्षण दिएका थिए ।

नेपाली कांग्रेस धनकुटा नीति अनुसन्धान तथा प्रशिक्षण शाखाका प्रमुख सुनिल कुमार डंगोलको अध्यक्षतमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु राजिव कोईराला, कुन्दनराज काफ्ले, नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई, भोजपुर जिल्लाका जिल्ला सभापती माननीय बिनोद बान्तवा, पूर्व आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, सुनसरी जिल्लाका पूर्व जिल्ला सभापती सिताराम मेहता, नेपाली कांग्रेसका नेता कमोट कुमार फागु लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

धनकुटा जिल्ला कार्यसमिति, प्रदेश क्षेत्रिय कार्य समितिहरु, पालिका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, वडा सभापतिहरु जननिर्वाचित जन प्रतिनिधिहरु, भातृ तथा शुभेच्छुक संस्थाको प्रमुखहरुको सहभागीता रहेको प्रशिक्षण कार्यक्रममा स्वागत मन्तव्य संविधान सभा सदस्य लिला सुब्बाले,प्रशिक्षण कार्यक्रमको उदेश्य र महत्वको वारेमा जिल्ला सचिव तथा प्रशिक्षण शाखाका सदस्य सचिव विजय सन्तोषी राईले र प्रशिषण सत्रको कार्यक्रम संचालन अर्का सचिव जयन्द्र घिसिङ्ले गरेका थिए ।

नेपाली कांग्रेसका महामन्त्री मुख्य प्रशिक्षक माननीय विश्व प्रकाश शर्माले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए भने जिल्ला नीति  अनुसन्धान तथा प्रशिक्षण शाखाका सदस्य सचिव विजय सन्तोषी राईले मुख्य प्रशिक्षक शर्मा र प्रशिक्षकहरुलाई सम्मान पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

उक्त प्रशिक्षण कार्यक्रमले धनकुटा कांग्रेसजनलाई बैचारीक र सांगठानीक रुपमा बलियो र परिपक्क बनाएको सहभागीहरुले वताएका छन् ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist