काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानाडा प्रस्थान गरेका छन् ।
क्यानाडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औँ सभामा भाग अर्थमन्त्री महत आइतबार बेलुका ९:३० मा क्यानाडा प्रस्थान गरेका हुन् ।
अर्थमन्त्रीसँगै अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानाडा गएका छन् ।
यस्तै, वन तथा बातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थमन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि क्यानाडा प्रस्थान गरेका छन् ।
अर्थमन्त्री डा। महतले उक्त सभामा भाइस प्रेसिडेन्टका रुपमा सहभागिता जनाउने छन् ।
जीईएफ एसेम्बली प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ। उक्त सम्मेलमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ।