विराटनगर । कोशी प्रदेश सभा बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेका छन् ।
अध्यक्ष मण्डलमा रहेका कांग्रेसका बप्रदेशसभा सदस्य इस्राइल मन्सुरीले अध्यक्षता गरेको आजको बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
२०७४ ९पहिलो संशोधन समेत० को नियम १२८ ९४० बमोजिम थापाले सभामा विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव पेस गरेका छन् ।
मुख्यमन्त्रीले विश्वासको मत मागेको बैठकमा एमाले र राप्रपाका ज्येष्ठ सदस्य अनुपस्थित छन् । प्रतिपक्षका ४६ मध्ये सभामा ३० जना प्रदेशसभा उपस्थित छन् ।
मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन चाहेका थिए । उपसभामुख सिर्जना दनुवारले सोमबार १ बजे समय तोकेकी थिइन् । तर सोमबार बिहान अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई जिम्मेवारी तोकेर दनुवार काठमाडौं हिँडेकी थिइन् ।