माईजोगमाई गाउंपालिकामा प्रमुख प्रशासकिय अधिकृतलाई हाजिर गर्न रोक लगाईएको छ । सरुवा भई आएका नयां प्रमुख प्रसासकिय अधिकृत स्काई पोख्रेल आइतबार पालिकाको कार्यलयमा हाजिर हुन मन्त्रालयको पत्र सहित पुग्दा उालाई हाजिर नगराई फकाईएकोे हो । पालिकाका निमित्त कार्यलय प्रमुख प्रकाश चौधरीका अनुसार सरुवा भएर आएका पोख्रेलको पत्र पालिकामा दर्ता भएको भए पनि हाजिर भने नभएको बताएका छन ।
हाजिर किन भएन भन्ने प्रश्नमा उनले आफूलाई यो बिषयमा वानकारी नभएको बताउंदै पालिका अध्यक्षलाई सोध्न भने । यता पोर्खेललाई पालिका अध्यक्षले कार्यलयमा हाजिर नगराउन निर्देशन दिएको बुझिएको छ । यो बिषयमा अध्यक्ष संग बुझ्दा आफू कार्यलय बाहिर रहेको कारण आजिर हुन नसकेको बताए । उता पालिका पुगेका प्रशासकिय अधिकृतले पत्र दर्ता गराउन खोज्दा इन्टरनेट समेत त्यहि समयमा अवरुद्द भएको बुझिएको छ ।