काठमाडौं । उच्च अदालतको न्यायाधीश पदका लागि न्यायपरिषदले २७ जनाको नाम सिफारिस गरेको छ ।
शुक्रबार न्याय परिषदका पदाधिकारीहरुले २७ जनाको नाम सिफारिस गर्ने निर्णय गरेका हुन् । यसअघि नै ५६ जना खाली रहेको उच्च अदालतमा अझै २९ न्यायाधीशको नाम सिफारिस हुन बाँकी छ ।
न्याय परिषदको सिफारिस मिति 2080।5।29
१८ जना जिल्ला न्यायाधीशहरुमा क्रमशः राधाकृष्ण उप्रेती, हरिश्चन्द्र ढुंगाना, धनसिं महरा, ब्रजेश प्याकुरेल, ऋषिराम निरौला, चन्द्रमणि ज्ञवाली, राजुकुमार खतिवडा, योगेन्द्र प्रसाद साह, खडानन्द तिवारी, कविप्रसाद न्यौपाने, प्रकाश खरेल, कृष्णराम कोइराला, स्वीकृति पराजुली, काजी बहादुर राई, रितेन्द्र थापा, मोहनराज भट्टराई, अर्जुन अधिकारी, विनोदकुमार पोखरेल छन् ।
कानुन व्यवसायीबाट सिफारिसमा पर्नेहरुमा अच्युतमकुमार आचार्य, गोविन्द जोशी, पुण्यशिला दवाडी घिमिरे, पूर्णप्रसाद राजवंशी, यज्ञबहादुर राना मगर र अर्जुन महर्जन छन् ।