काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासीङ्गेबीच भेटवार्ता भएको छ ।
भेटवार्ताका अवसरमा उनिहरुबीच दुईपक्षीय हित र चासोका विषयमा छलफल भएको छ । यसैबीच, प्रधानमन्त्री ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले पनि भेट गरेका छन् ।
न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारी अनुसार भेटका अवसरमा दुबैबीच सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा प्रोत्साहन गर्ने विषयमा छलफल भएको थियो ।