काठमाडौं । हाङझाउ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र भारतबीच खेल भइरहेको छ ।
मंगलबार विहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गरिरहेको छ ।
भारतीय टिमको कप्तानी गरिरहेका रुतुराज गायकवाड र यसश्वी जैशवालले ओपनिङ गरिरहेका छन् । नेपाल समूह ‘ए’ को विजेता हुँदै अन्तिम आठमा पुगेको हो।
भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान भने वरीयताका आधारमा सिधा अन्तिम आठमा पुगेका थिए। नेपालले प्रतिस्पर्धा गरिरहेको भारतको टिम सिनियर क्रिकेट टिम भने होइन ।
तर, भारतको एसियाली खेलकुदको क्रिकेट टिममा आइपिएल स्टारको जमघट छ । अधिकांश खेलाडीले भारतीय टिमबाट डेब्यू गरिसकेका छन्। युवा खेलाडीले भरिपूर्ण भारतीय क्रिकेट टिमविरुद्धको खेल नेपाली राष्ट्रिय टिमका लागि चुनौतीपूर्ण भने हुनसक्छ ।







