काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले ‘राजा’ शब्दलाई संविधानले नचिन्ने जनाउँदै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग राखेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई ‘राजा’ भनेर सम्बोधन गरेपछि सांसद दाहालले उक्त शब्दप्रति आपत्ति जनाएका हुन् ।
लिङ्देन लगत्तै बोलेका माओवादी सांसद दाहालले राजा शब्दलाई संविधानले नचिन्ने भन्दै संसदको रेकर्डबाट हटाउन माग गरे ।
उनले भने, “पालको संविधानले राजा चिन्दैन। एक जना माननीयज्यूले राजा भन्ने शब्द प्रयोग गर्नुभयो सम्मानित सदनमा । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो। तसर्थ यो राजा भन्ने शब्द रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहन्छु ।”