काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले जनताको चेतनालाई चुनौती नदिन आग्रह गरेका छन् ।
मंगलार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आग्रह गरेका हुन्।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नीति, विचार नभएको नयाँ दललाई भोट दिने जनता पनि कस्ता भन्ने अभिव्यक्तिप्रति टिप्पणी गरेका छन् ।
सोमबार नेकपा एमालेको पार्टी केन्द्रीय काार्यलय च्यासलमा अध्यक्ष ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका दलहरूलाई भोट दिने जनता पनि कस्तारु भन्ने अभिव्यक्ति दिएका थिए ।
सोही अभिव्यक्तिलाई लिएर सभापति लामिछानेले आफ्ना नेताहरू भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इण्डिकेटरहरूलाई रेडमा पुर्याउँदा अझै पनि तपाईंकै दललाई भोट हालिरहनेरु तपाईंकै नेतालाई भोट हालिरहनेरु ती भोटरचाहिं कस्तारु भन्ने प्रश्न गरे ।
सभापति लामिछानेले भने, “नयाँ दलको नीति, विचार केही पनि छैन। सिद्धान्त केही पनि छैन, भर्खरै आएको छ। तिनलाई भोट हाल्ने जनता पनि कस्ता भन्ने गरेर जनताको चेतनालाई चुनौती दिएको मैले यदाकदा सुन्ने गरेको छु । हामीलाई माया गर्ने सद्भाव गर्ने, जनता कस्ता होइनन्, आफ्ना नेताहरू भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पुर्याउँदा अझै पनि तपाईंकै दललाई भोट हालिरहनेरु तपाईंकै नेतालाई भोट हालिरहनेरु ती भोटर चाहिं कस्ता ?”
सभापति लामिछानेले जनताले परिवर्तन चाहँदाचाहँदै पनि पुराना राजनीतिक दलको विश्वासलाई निमिट्यान्न नपारेको उनको भनाई छ ।