ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सीमावर्ती क्षेत्रका वडाध्यक्षसँग सशस्त्र प्रहरीले गर्यो अन्तरक्रिया – सीमाक्षेत्रमा एसएसबीको ज्यादती बढ्दो

लागूऔषध भित्रनुको दोषी एसएसबी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० कार्तिक १ गते, १९:३९ बजे
सीमावर्ती क्षेत्रका वडाध्यक्षसँग सशस्त्र प्रहरीले गर्यो अन्तरक्रिया – सीमाक्षेत्रमा एसएसबीको ज्यादती बढ्दो
31
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह वाहिनी मुख्यालय पकली सुनसरीले भारत तथा चीनसंग सीमा जोडिएका वडाका वडाध्यक्षहरुसँग शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालको “सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा” अनुसार भारत र चीनसंग सीमा जोडिएका ८० वडाका वडाध्यक्षहरुलाई आमन्त्रण गरिएको कार्यक्रमको उद्घाटन वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले गरेका थिए ।

वाहिनी परिसरमा सम्पन्न भएको उक्त कार्यक्रममा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्थानीय तह र समुदायको भूमिकाको पहिचान, सीमावर्ती अपराध तथा गैरकानुनी क्रियाकलापलाई नियन्त्रण गर्न समुदायको भूमिकाको पहिचान, निरन्तर समन्वय, पारस्परिक सहयोग र सूचना आदानप्रदानका उपायहरुको खोजी र कार्यान्वयन विषयमा छलफल भएको थियो ।

कार्यक्रममा वाहिनीको तर्फबाट “बदलिदो सुरक्षा परिवेशमा सीमा सुरक्षा तथा व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका र संभाव्यता” सम्बन्धमा प्रस्तुतीकरण समेत भएको थियो । कार्यक्रममा पाँचथरको फालेलुङ्ग देखि सुनसरीको बर्जु गाउँपालिका सम्मका विभिन्न वडाबाट प्रतिनिधित्व गरेका वडाध्यक्षहरुले सीमामा भएका विभिन्न समस्याहरुको बारेमा बताएका थिए ।

विशेष गरी लागुऔषध ओसारपसार तथा सेवन, भन्सार छली गरी सामानहरुको अवैध ओसारपसार तथा चोरी तस्करी लगायत गतिविधिहरु नियन्त्रण गर्ने विषयमा सरोकारवाला निकायहरुको भुमिका सम्बन्धमा छलफल भएको थियो ।

यसैगरी सीमापार अपराध र अवैध गतिविधि नियन्त्रणका लागी आगामी दिनहरुमा सुचना आदानप्रदान तथा समन्वयको कार्यलाई थप प्रभावकारी बनाउदै लैजाने विषयमा वडाध्यक्षहरुले आ(आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो । वडाध्यक्षहरुबाट सीमा सुरक्षा तथा व्यवस्थापन सम्बन्धी उठान भएका विषयहरुमा वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले सम्बोधन गरेको उक्त कार्यक्रम शुभकामना आदानप्रदान सहित सम्पन्न भएको थियो ।

लागूऔषध सहजै नेपाल भित्रिनुको मुख्य दोषी एसएसबी

कोशी प्रदेशमा लागूऔषध कारोबारीको संख्या बढी रहेका बेला नेपाल भित्र्याउन पनि भारतीय एसएसबीकै जवानका कारण भएको सीमावर्ती क्षेत्रका वडाध्यक्षहरुले दाबी गरेका छन् ।

झापाको झापा गाउँपालिका वडा नं। १ का वडाध्यक्ष राजकुमार यादवका अनुसार एसएसबीका जवानले ब्राउन सुगर नेपाल ल्याउँदा निर्बाध ढंगले दिने गर्छन् । ‘एसएसबीका कारण हाम्रो समाजका केटाकेटीको भविष्य बिग्रिरहेको छ,’ यादवले भने, ‘यदि ब्राउन सुगर नेपाल भित्राउँदा एसएसबीका जवानले भूमिका निर्वाह गरी दिने हो त्यसरी सहजै ढंगले भित्र्याउने थिएनन् ।’

झापाकै मेचीनगर वडा नं। १५ का वडाध्यक्ष गुणराज भट्टराईका अनुसार मेची नदी पारि तीन वटा बस्ती रहेकोमा ती बस्ती अहिले लागूऔषधको प्रयोगको अखडा बनेका छन् । ‘मेची पारि तीन वटा बस्ती छन्, ती बस्ती नेपाली क्षेत्रका हुन,’ उनले भने, ‘यति बेला त्यो नेपाली भूमिलाई लागूऔषधको प्रयोगकर्ताको आँतक स्थल बनाइएको छ ।’ उनका अनुसार लागूऔषध प्रयोगका लागि नेपाली महिलालाई प्रयोग गर्ने गरिएको छ ।

सशस्त्र प्रहरीको गतिविधिले पछिल्लो समय चोरी–निकासी नियन्त्रण भए तापनि लागूऔषधमा एसएसबीका जवानकै कारण लागूऔषध भारतबाट नेपालमा सहजै भित्रिने गरेको वडाध्यक्षहरुको भेलाको निष्कर्ष छ । लागूऔषधको व्यापार मौलाइरहँदा कारोबारीमा संलग्नले तस्करी गर्ने अनेक उपाय रच्ने गरेका छन् । लागूऔषध कारोबारीमा बढी मात्रामा पुराना व्यक्ति तथा यसका प्रयोगकर्ता नै हुने गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं। १ बराह वाहिनी पकली सुनसरीद्वारा भारत र चीनसँग सीमा जोडिएका सीमावर्ती क्षेत्रका वडाका वडाध्यक्षसँग गरेको अन्तरक्रिया सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने निचोड निकालेको छ । यसरी सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदा स्थानीय तह र समुदायको भूमिकाको पहिचान गरेर सशस्त्र प्रहरीले अघि बढ्ने निष्कर्ष निकालेको छ।

‘सीमा क्षेत्रको सुरक्षा मजबुन पार्नका लागि सीमा क्षेत्रमा बसोबास गर्ने व्यक्तिकै दायित्व हो,’ सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकली सुनसरीका डिआइजी अञ्जनीकुमार पोखरेलले भने, ‘सीमा क्षेत्रको सुरक्षा दर्बिलो पार्नका लागि अब वडाध्यक्षसँग सहकार्य गरी अघि बढ्ने वातावरण तय भएको छ ।’

अन्तरक्रिया सीमावर्ती अपराध तथा गैर कानुनी क्रियाकलापलाई नियन्त्रण गर्न समुदायको भूमिकाको पहिचान, निरन्तर समन्वय, पारस्परिक सहयोग र सूचना आदानप्रदानका उपायहरुको खोजी र कार्यान्वयन विषयमा छलफल भएको थियो । अन्तरक्रिया पाँचथर, इलाम, झापा, मोरङ र सुनसरीका विभिन्न वडाबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षको सहभागिता रहेको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist