ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

दुर्गा प्रसाईंप्रति आक्रामक बन्दै एमाले – पक्राउ गर्न सरकारलाई दबाव

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० कार्तिक १३ गते, ६:२० बजे
दुर्गा प्रसाईंप्रति आक्रामक बन्दै एमाले – पक्राउ गर्न सरकारलाई दबाव
18
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । एमाले छाडेर राजतन्त्र पुनःस्थापना गर्ने अभियान थालेपछि नेकपा एमाले व्यवसायी दुर्गा प्रसाईंप्रति आक्रामक बनेको छ । एमालेको केन्द्रीय सदस्य त्याग गरेर राजावादी अभियान थालेका प्रसाईंका गतिविधिमाथि नियन्त्रण गर्न प्रमुख प्रतिपक्षी दल एमालेले सरकारलाई दबाव दिन थालेको हो ।

एमाले छाडेर ऋण नतिर्ने र राजतन्त्र पुनःस्थापना गर्ने अभियान थालेपछि प्रसाईं र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तिक्त सम्बन्ध रहँदै आएको छ।

पार्टीमा रहँदा आफूलाई ‘हजुर बुबा’ भनेर सम्बोधन गर्ने प्रसाईंका गतिविधिलाई भने रोक लगाउनुपर्ने माग अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गरेका हुन्।

शुक्रबार सिंहदरबारमा भएको भेटमा ओलीले दुर्गा प्रसाईंको गतिविधिले ‘परिवर्तन विरोधी तत्वलाई सहयोग गरेको’ भन्दै उनलाई नियन्त्रणमा लिन ओलीले माग गरेको बालुवाटार स्रोतले जानकारी दियो। ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उनका गतिविधि परिवर्तन विरोधी छन्। गणतन्त्रलाई चुनौती दिइरहेको छ। सरकार चुप लागेर बस्नु हुँदैन। यस्ता गतिविधि नियन्त्रण गर्न ध्यान दिनुहोस्।’

प्रसाईंका गतिविधि नियन्त्रणका लागि ओलीले गरेको आग्रहबारे प्रधानमन्त्री दाहालले आइतबार बिहान बालुवाटार पुगेका माओवादीका केही नेताहरुलाई जानकारी दिएका छन्।

पार्टी पदाधिकारीको अनौपचारिक बैठकपछि सीमित नेताहरुसँग दाहालले ओलीको दबाब जानकारी दिँदै भने, ‘प्रसाईंका गतिविधि नियन्त्रण गर्नुपर्‍यो भन्ने कुरा ओलीजीले गर्नुभएको छ।’

प्रसाईंलाई युवासंघले काठमाडौँमा कालोमासे दलेपछि प्रतिक्रियास्वरुप उनले झापामा आयोजित युवासंघको कार्यक्रममा पुगेका गाडी तोडफोड गरेका थिए। असोज २५ गते झापामा आयोजित युवासंघको कार्यक्रमा प्रसाईं समर्थकले २५ भन्दा बढी गाडी तोडफोड गरे। उक्त कार्यक्रममा एमाले नेता महेश बस्नेत पनि सहभागी थिए।

दसैँअघि प्रसाईंले एमाले अध्यक्ष ओलीले कम्बोडियामा लगानी गरेको आरोप लगाएका छन्। प्रसाईंको उक्त आरोपपछि ओली उनीप्रति थप आक्रामक बनेका हुन्। प्रसाईंले ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको र त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका छन्।

माओवादी पृष्ठभूमिका प्रसाईं २०७५ मा एमाले र माओवादी एकतापछि बनेको नेकपाकालमा ओली–दाहाल दुवैका प्रिय थिए। उनले दुई नेतालाई सँगै राखेर खाना खुवाएपछि ‘मार्सी’ नामले चर्चित भएका थिए । (देशसञ्चारबाट साभार)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist