ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

जाजरकाेटमा राष्ट्रपतिले राहात सामाग्री नै बितरण गर्न पाएनन्

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० कार्तिक २३ गते, १०:२५ बजे
जाजरकाेटमा राष्ट्रपतिले राहात सामाग्री नै बितरण गर्न पाएनन्
26
SHARES
Share on FacebookShare on Twitter
  • हेमन्त केसी

जाजरकोट । भूकम्पबाट जाजरकोटवासी ठूलो पीडामा छन् । त्रिपालको सहारामा रात कटाउँदै आएका पीडितलाई गास र बासकै चिन्ता छ । भूकम्पले घरसँगै खाद्यान्न र कत्ताकपडा पुरिएका छन् । अधिकांश पीडितसँग एकसारो कपडाको भरमा छन् ।

पीडाको आहालमा डुबेका पीडितलाई खाद्यान्नसँगै लत्ताकपडाको ठूलो खाँचो छ । सहयोगी निकायले दिएको केही थान चामल र त्रिपाल मात्र पाएका छन् । परिवार र आफन्त गुमाएका नागरिकका आशु पुछिदिने कोही छैन । सरकारले घोषणा गरेको राहत सामग्री पीडितको हातमा पुगेको छैन ।

तर भीआइपी (राज्यका उच्च पदस्त)हरु भूकम्प पीडितको आँशुमा रमिता गरिरहेका छन् । भूकम्प गएकै भोलिपल्ट कार्यकारी नेतृत्व (प्रधानमन्त्री) नै घटनाको स्थलगत अनुगमन गरिसकेपछि पनि अनुगमनका नाममा भीआइपीको लस्कर रोकिएको छ । पीडितलाई तत्काल राहत दिनुको पु¥याउनुका सट्टा भीआइपीहरुले शक्ति प्रदर्शन जस्तै गरेर बेर्थको अनुगमन गरेर राज्य शक्ति र स्रोतको दुरुपयोग गरेका छन् ।

आतंक नै मच्चाउने गरी भीआइपीहरुले अनुगमनका नाममा स्वार्थको राजनीतिक गरेका छन् । जिल्लामा दिनहु भीआइपीको ओइरो लागेपछि प्रशासनिक निकायले सुरक्षा व्यवस्थापनमा कठिनाइ भएको छ । सिंगो प्रशासनिक निकाय नै भीआइपीको सुरक्षामा लागेपछि राहत वितरणमा ढिलाई भएको छ ।

पीडित ओत लाग्ने टेन्ट हटाएर राष्ट्रिपतिको स्वागत

भूकम्प पीडित ओत लाग्ने त्रिपाल उठाएर राष्ट्रिपति रामचन्द्र पौडेलको स्वागत गरिएको छ । मंगलबार भूकम्प प्रभावित क्षेत्रको अनुगमन गर्न राष्ट्रपति जाजरकोट आएका थिए । त्रिभूवन माविको प्राङ्गणमै राष्ट्रपति सवार हेलिकोप्ट बसाल्ने भएपछि त्यहाँ भूकम्प पीडित ओत लाग्न बनाइएका टेन्टहरु हटाउनु परेको थियो । राष्ट्रिपति आउनुअघि धुलो नउडोस भनेर प्राङ्गणमा पानी हालिएको थियो ।

तर, थोरै भागमा पानी हालिएका कारण राष्ट्रिपति सवारी हेलिकोप्टरले पीडितका लागि पठाइएका राहत सामग्री धुलाम्य बन्न पुगे । सरकारलाई निर्देशन दिने बाहेक भूकम्प पीडितका लागि राष्ट्रपति स्वयमले केही पनि गर्न पाउँदैनन् । निर्देशन दिने वा जानकारी लिने काम राष्ट्रपतिले काठमाडौँमै बसेर गर्न सक्थे ।

राष्ट्रिपति आएपछि दिनभरी राहत ढुवानी रोकियो

राष्ट्रपति भूकम्प प्रभावित क्षेत्रमा आएपछि मंगलबार दिनभर राहत ढुवानी रोकिएको छ । राष्ट्रिपति प्रभावित क्षेत्रमा रहुन्जेल अर्काे हेलिकोप्टर स्टेन्टवाइ (उद्दारका लागि तयारी अवस्था) मै राख्नुपर्ने भएका कारण दुई वटै हेलिकोप्टरले राहत सामग्री ढुवानी गर्न पाएनन् ।

एउटा हेलिकोप्टरले राष्ट्रिपतिलाई घुमाउनु पर्ने र अर्काे हेलिकोप्टर स्टेनवाइ राख्नु पर्ने भएपछि मंगलबार दिनभर राहत सामग्रीको ढुवानी रोकिएको प्रशासनिक स्रोतले जनाएको छ । राष्ट्रपति नआएको भए मंगलबार सुर्खेत, नेपालगञ्ज र दाङबाट नेपाली सेनाले राहत सामग्री हेलिकोप्टरबाट बारेकोट, कुसे र नलगाडका प्रभावित क्षेत्रमा ढुवानी गर्ने कार्यतालिका थियो ।

राहत ढुवानी गर्ने हेलिकोप्टरमा नेताहरुको मस्ती

भूकम्पबाट बढी प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा राहत सामग्री पुरयाउने कमाण्ड संघीय सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले सम्हालिरहेका छन् । संकटको समयमा यही क्षेत्रकै नेता भएका कारण उपप्रधानमन्त्री खड्काले अभिभावकीय भूमिका निर्वाह गरिरहेका छन् ।

एक हिसावले भन्दा पीडित बस्तिमै राहत पुरयाउन ठूलो योगदान छ । प्रभावित बस्तिमा पुगेर अनुगमन गर्ने राहत नपुगेको भए तत्काल ठाउँका ठाउँ टेलिफोन गरेर राहत पुरयाउन निर्देशन दिँदै आएका छन् ।

राहत वितरण कै लागि उनी काठमाडौँ नगएर सुर्खेतबाट संघीय सरकारको कमाण्ड सम्हाली रहेका छन् । घाइतेको उद्दार र पीडित नागरिकको बस्तिसम्म राहत पुरयाउन नेपाली सेनाका सबै हेलिकोप्टरहरु सुर्खेतमै राखिएका छन् ।

दुर्भाग्य, राहतका लागि सुर्खेतमा राखिएका हेलिकोप्टरमा भने अनुगमनका नाममा नेताहरु मस्ति गर्न थालेका छन् । सोमबार मात्रै अनुगमनका नाममा नेताहरुले मस्ति गरेका छन् ।

प्रभावित क्षेत्रमा राहत पुरयाउनुको सट्टाको उपप्रधान मन्त्रीसहित, जलस्रोत उर्जा तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसी, आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही र नेपाली काँग्रेसका प्रदेश पार्टी सभापति ललितजंग शाही, नागरिक दैनिकमा कार्यरत नगेन्द्र उपाध्याय र कान्तिपुर टेलिभिजनमा कार्यरत देव रानाले शयर गरे ।

उनीहरु पीडित बस्तिमै नपुगेर नेताहरुले हेलिकोप्टरबाट नै प्रभावित क्षेत्रको अनुगमन गरे । जिल्ला सदरमुकामका कोही बस्तिमा स्थलगत अनुगमन गरेपनि रिम्ना, बारेकोट, कुसे र आठविसकोटमा हेलिकोप्टर बस्ने स्थानमै स्थानीयसँग राहत वितरण र प्रभावित नागरिकको जानकारी लिए ।

जुन अनुगमन कुनै पनि हिसावले आवश्यक थिएन् । बरु अनुगमनको सट्टा राहत सामग्री सम्बन्धित ठाउँमा पु¥याएको भए पीडितलाई केही राहत हुन्थ्यो । तर सोमबार दिनभर नेपाली सेनाको हेलिकोप्टर नेताहरुलाई प्रभावित क्षेत्रमा घुमाउनमै व्यस्त भयो । भलै सोही हेलिकोप्टरबाट रुकुमपश्चिमको आठविसकोटबाट सानोभेरी गाउँपालिका–४ का डाइमन्ड चन्दको उद्दार गरियो । भूकम्प परेर घाइते भएका उनको दाँया खुट्टा भाँचिएको थियो । आठविस अस्पतालमा खुट्टाको अप्रेशन सम्भव नभएपछि उनलाई उद्दार गरेर प्रदेश अस्पताल सुर्खेत पुर्याईएको हो ।

उत्खनन्को पर्खाइमा छन् ११ सय घरधुरी

भेरी नगरपालिका ३ विश्वविक्रम शाहका ६ ओटा घर पूर्णरुपमा क्षति भएका भएका छन् । घरमा रहेका सम्पूर्ण धनसम्पक्ति पुरिएका छन् । भूकम्प गएको चार दिनसम्म पनि उनले पुरिएका सामान निकाल्न पाएका छैनन् । पुरिएको सामान निकाल्दिनका लागि प्रहरीलाई आग्रह गरेका छन् । तर जिर्ण घरमा जोखिम रहेका कारण प्रहरीले पनि सामान निकाल्न सकेको छैन । ‘घरमा रहेका होटल रिद्धि, डाँफे बिल्डर्स र डाँफे युवा क्लवका सम्पूर्ण सामग्री पुरिएका छन्’ उनले भने, ‘तर कसले निकाल्दिने ?’

भेरी नगरपालिका ३ माथिल्लो थाप्लेकी जानकी भण्डारीको पनि भूकम्पले घर पूर्ण रुपमा क्षति भएको छ । भूकम्प परेर दुई जनाको ज्यान गएको छ । घरसँगै पुरिएको सामानहरु उत्खनन् गर्न पाएकी छैन । ‘उत्खनन गरिदिएको भए केही सम्पत्ति जोखिन्थ्यो’ भण्डारीका छोरा किरणकुमार भण्डारी भने, ‘समयमै उत्खनन् नहुँदा सबै गुम्ने भयो ।’

विश्वविक्रम र जानकीको मात्र होइन जिल्लाभर ११ सय घरधुरी उत्खननको पखाइमा रहेका छन् । भूकम्पले क्षतिभएका आठ हजार ३ सय ३६ घरधुरीमध्ये एक हजार एक सय ७० घरहरु उत्खननको पखाइमा रहेको विल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोकाले बताए । जसमध्ये भेरी नगरपालिकामा ३ सय ४४ घर, नलगाड नगरपालिकामा २ सय, छेडागाडमा एकसय, कुशेमा ९५, बारेकोट गाउँपालिकामा १ सय ६०, शिवालयमा एक र जुनीचाँदेमा २ सय ७० पूर्ण क्षति भएका छन् । पूर्ण क्षति भएका सबै घर उत्खनन् गर्नुपर्ने अवस्थामा छन् ।

उत्खननका लागि तीनसयजनशक्ति परिचालनको तयारी गरिएको सहायक जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए । प्रभावितलाई राहतको प्राथामिकताका कारण उत्खनन्मा ढिलाई भएको सहायक प्रमुख जिल्ला अधिकारी शमाले बताए । तीन पटै सुरक्षा निकाय तयारी अवस्थामा रहेकोले तत्काल उत्खननको लागि परिचालन गर्ने शर्माले बताए । प्रत्येक ठाउँमा १० जना पुरिएका घरहरु उत्खनन गर्ने तयारी गरिएको छ ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist