ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

काठमाडौं उपत्यकामा रातिसम्म देउसी भैलो खेल्न पाइने – प्रशासनले तोकेन समय सीमा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० कार्तिक २७ गते, ७:५८ बजे
काठमाडौं उपत्यकामा रातिसम्म देउसी भैलो खेल्न पाइने – प्रशासनले तोकेन समय सीमा
25
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । तिहारमा खेलिने देउसी भैलोका लागि पछिल्ला केहि वर्षयता प्रशासनले समय सीमा तोक्ने गर्दै आएको छ ।

बेलुकी ९ र १० बजेभित्रै देउसी भैलो खेलिसक्न प्रशासनले सूचना जारी गरेर आग्रह गर्ने गर्छ । उक्त आग्रहलाई अटेर गर्नेलाई कारवाहीको चेतावनी पनि दिने गर्दै आएको छ ।

यसवर्ष काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) बाहेकका  अन्य जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर देउसी भैलो खेल्न समय तोकेका छन् ।

काठमाडौं महानगरका मेयर बालेन शाहले यसपालि राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने उल्लेख गर्दै गत शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।

उनले नगर प्रहरीले सुरक्षाका लागि पेट्रोलिङ गर्ने र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आग्रह गरेका थिए ।

‘विगतका वर्षमा कोभिड र सुरक्षाका कारण तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो । यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएका छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हार्दिक अनुरोध गर्दछौं,’ मेयर शाहले भनेका थिए, ‘सोही अनुरूप नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौं ।’

मेयर शाहले देउसी भैलो राति १ बजेसम्म खेल्न पाइने उल्लेख गर्दै सामाजिक सञ्जालमा लेखेकै दिन काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले सूचना जारी गरेका थिए, जसमा विगतका वर्षहरूमा जस्तो देउसी भैलो खेल्न समय सीमा तोकिएको थिएन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले देउसी भैलो खेल्ने समय तोक्दै यसपालि प्रशासनले सूचना जारी नगरेको बताए ।

‘विगतमा प्रशासनबाट समय तोकिँदै आइएको थियो । अहिले हामीले समय नतोक्ने, सुरक्षा प्रदान गर्ने भन्ने नीति लिएका छौं,’ उनले भने, ‘हामीले सल्लाह गरेर यसपटक समय नतोक्ने निर्णय गरेका हौं ।’

चाडपर्वमा मानिसहरूले मादक पदार्थ सेवन गर्ने र भिडको मौका छोपेर अपराध निम्त्याउन सक्ने भएकोले प्रशासनले देउसी भैलोका लागि समय तोक्ने गरेको उनको तर्क थियो ।

‘रातका बेला आपराधिक घटना बढ्न सक्छ, मादक पदार्थ सेवन, झै(झगडा पनि हुन सक्ने भएकाले सुरक्षाको दृष्टिकोणले समय तोक्ने गरिएको हो,’ उनले भने, ‘देउसी भैलो खेल्ने क्रममा झडप हुने, घाइते हुने, आपराधिक घटना पनि भए। त्यसैले समय तोकेको हुनुपर्छ । यसपालि समय नतोकौं, कस्तो हुन्छ हेरौं ।’

देउसी भैलो खेल्नका लागि समय तोक्ने कि नतोक्ने भन्नेबारे अन्तरजिल्ला प्रशासन प्रमुखहरूबीच बैठकसमेत गरिएको उनले बताए । ‘यसपालि समय नतोकौं भन्ने कुरा भएको थियो,’ उनले भने ।

जिल्‍ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिबिक्रम शाहले ललितपुरमा देउसी भैलोका लागि समय नतोकिएको बताए । ‘सुरक्षाका लागि जतिबेला पनि नेपाल प्रहरी सेवामा हाजिर छ । अरूलाई असर नपर्ने गरी, कसैलाई अवरोध नहुने गरी, सभ्य तरिकाले देउसी भैलो खेल्न पाइन्छ,’ उनले भनेका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist