ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कांग्रेस हिन्दुराष्ट्रको पक्षमा उभिने संकेतपछि देउवासँग हच्किए दाहाल र ओली

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० मंसिर १३ गते, ७:२१ बजे
कांग्रेस हिन्दुराष्ट्रको पक्षमा उभिने संकेतपछि देउवासँग हच्किए दाहाल र ओली
23
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाल कांग्रेसले हिन्दुराष्ट्रको पक्षमा आफूलाई उभ्याउने संकेत पाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् ।

व्यवसायी दुर्गा प्रसाईंको आन्दोलन र कांग्रेस सभापति शेरबहादुर देउवाको धर्मनिरपेक्षतामाथि समीक्षा गर्ने समय आएको अभिव्यक्तिले झस्किएका अध्यक्ष ओली र प्रधानमन्त्री दाहाल छलफलमा जुटेका हुन् ।

मुलुकमा अभियन्ता दुर्गा प्रसाईँको आन्दोलनले ध्यान खिचिरहेको सन्दर्भमा प्रधानमन्त्री दाहालसँग ओलीले मंगलबार भेटे ।

प्रसाईं राजसंस्थाको पक्षमा प्रदर्शन गरिरहँदा सिंगो सत्ता उनको खिलाफमा देखिएपछि गणतन्त्र कमजोर जगमा रहेको पुष्टि भएको छ ।

त्यसैमाथि पूर्वराजा ज्ञानेन्द्र शाहका सार्वजनिक र धार्मिक कार्यक्रममा उपस्थितिले पनि दलहरु हच्किएका छन्। यिनै दृष्यहरु पश्चात प्रचण्ड र ओलीबीच पहिलोपटक भेटवार्ता भएको हो।

प्रसाईंको आन्दोलनमा ओली खलनायकको रुपमा चित्रित भएको एकथरीको बुझाइ पनि छ। देउवाले पछिल्लो एक सार्वजनिक अभिव्यक्तिमा धर्मनिरपेक्षतामाथि बहस गर्न आफू तयार भएको उल्लेख गरेका थिए।

देउवाको उक्त अभिव्यक्तिपछि प्रचण्ड पनि हच्किएको मनस्थितिमा रहेको उनीनिकट नेताहरु बताउँछन् । यता छिमेकी मुलुक भारतको संस्थापन र उच्च तहबाट पनि नेपालमा धर्मनिरपेक्षता हटाउन देउवासँग कुरा भएको स्रोतको भनाइ छ ।

देउवाले आफू हिन्दुराष्ट्रको पक्षमा उभिन नसकेपनि धर्मनिरपेक्षता हटाउन वचन दिएका बुझिएको छ। देउवाको यो वचनले माओवादीमा अविश्वास बढेको छ।

केही समयअघि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच भएको अनौपचारिक भेटमा पनि देउवाले धर्मनिरपेक्षताको सन्दर्भमा समीक्षा गर्ने बेला भएको बताएका स्रोतले जनाएको छ जुन भेटमा प्रचण्डले सामाजिक सञ्जाल टिकटक बन्द गर्न माग राखेका थिए । (देशसञ्चारबाट)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist