ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मिश्रको कविता संग्रह ‘वधु मञ्जरी’ सार्वजनिक

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० मंसिर २० गते, ९:१९ बजे
मिश्रको कविता संग्रह ‘वधु मञ्जरी’ सार्वजनिक
42
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । कवि एवम् साहित्यकार देवीप्रसाद मिश्रको कविता संग्रह ‘वधु मञ्जरी’ मंगलवार विमोचन भएको छ । भक्तपुर बुढ्यौली साहित्य समाजले एक कार्यक्रमको आयोजना गरी कवि मिश्रको कविता संग्रह ‘वधु मञ्जरी’ विमोचन गरेको हो ।

राजधानी काठमाडौंको सोह्रखुट्टे नयाँबजार स्थित कालधारा चोकमा रहेको ‘फ्रिक मण्डला रेस्ट्रो एण्ड बेंकेट’मा आयोजना गरिएको  ‘वधु मञ्जरी’ खण्डकाब्य लोकार्पण समारोहमा १२ जना कवि एवम् साहित्यकारहरुले एकसाथ कविता संग्रह ‘वधु मञ्जरी’को विमोचन गरेका थिए ।

विमोचन कार्यक्रममा सहभागीहरुले ‘वधु मञ्जरी’ खण्ड काव्य बुहारीको केन्द्रीयतामा आधारित रहेको बताउँदै समाज रुपमान्तरणमा कला र साहित्यको महत्वपूर्ण भूमिका रहने भन्दै कविता संग्रहले आजको समाजको यथार्थ चित्रण गरेको दाबी गरे ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेले आदिकवि भानुभक्त आचार्यले दुईसय वर्षअघि वधू शिक्षा लेखेर त्यससमयको सामाजिक परिवेसमा बुहारीले राख्नुपर्ने सजगता र गर्नुपर्ने कर्तव्य सिकाएकमा अहिले समय, समाज धेरी परिवर्तन भईसकेको  बताए ।

‘वधु मञ्जरी’ खण्डकाव्यले आदिकविको समय भन्दा दुईसय वर्ष पछाडिको आजको समाजको चित्रण गरेको बताउँदै उनले भने, “अहिले युग फेरिएको छ । हाम्रा पारिवारिक सोचाई भिन्न हुँदै गएका छन् । कविवरले वधू मञ्जरीलाई नयाँ आलोकमा उतार्नु भएको छ ।’

कार्यक्रमामा छन्द कविताका अभियन्ता एवम् समिक्षक प्राध्यापक डाक्टर देवी नेपालले कृतिमा उल्लेख भएका दुईसय चौरासी श्लोकमा सबैभन्दा बढी सार्दुल विक्रिडीत छन्दको प्रयोग भएको बताउँदै उक्त कविताहरुमा बुहारीलाई उपदेश मात्र नभएर कविको बुढ्यौली समेत प्रवेश भएको बताए ।

प्राध्यापक डाक्टर नेपालले भने,  “खण्डकाव्य उपदेशक मात्र नभएर जीवनबोध गराउने सन्दर्भले समेत भरिएको छ । जीवनलाई हेर्ने सन्दर्भमा अन्त्यन्तै सुन्दर पक्षहरु समेटिएका छन् ।”

‘ऋषि तुल्य मानिसले जीवनको उपदेशमा शिक्षालाई बढी महत्व दिने’ सन्दर्भ उल्लेख गर्दै नेपालले ‘जीवन बोध गरेको मानिसले चै जीवन र समाजको यथार्थ बोध गराउने’ उनको भनाई छ ।

कार्यक्रममा एजिङ नेपालका अध्यक्ष एवम् ब्यङ्ग कवि कृष्णमुरारी गौतम (चट्याङ्ग मास्टर), चन्द्रयुग महाकाव्यका रचनाकार कवि एवं साहित्यकार, कवि चन्द्रप्रसाद न्योपाने, साहित्यकार एवं कवि भक्तबहादुर नेपाली, हास्यकलाकार मनोज गजुरेल, कवि एवम् आख्यानकार माधव बिडारी लगायतले कवि देवीप्रसाद मिश्रलाई कृति प्रकाशन गरेकोमा बधाई दिएका थिए ।

ओरेन्टल पब्लिकेसनका संचालक हरि गौतमको सभापतित्त्वमा सम्पन्न भएको विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसे, छन्द अभियन्ता एवं समीक्षक प्राध्यापक डाक्टर देवी नेपाल, भक्तपुर बुढ्यौली साहित्य समाजका अध्यक्ष कविराज घिमिरे, समाजका उपाध्यक्ष दीनानाथ पोख्रेल, प्रा.डा. मदन बहादुर सिंह, लेखक एवम् साहित्य सितल गिरी, कवि लुमणिप्रसाद खनाल, उपन्यासकार माया शर्मा लगायतको उपस्थिति रहेको थियो ।

भक्तपुर बुढ्यौली साहित्य समाजका अध्यक्ष कविराज घिमिरेले स्वागत मन्तव्य तथा जीवनाथ अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist