ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मानव अधिकार संस्कृतिको विकाश गर्न प्रतिवद्द छु : प्रधानमन्त्री दाहाल

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० मंसिर २४ गते, ७:२९ बजे
प्रधानमन्त्री दाहाल बेइजिङमा : नेपाल–चीन बिजनेस समिटलाई आजै सम्बोधन गर्ने
25
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिएका छन ।

शुभकामना सन्देशमा प्रधानमन्त्री दाहालले ब्यक्तिको जीवन, मर्यादा, समानता र स्वतन्त्रताको साथै मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्धन गरी मानव अधिकार संस्कृतिको विकास गर्ने प्रतिवद्द्ता ब्यक्त गरेका छन ।

यस्तो छ प्रधानमन्त्री दाहालको शुभकामना सन्देश : 
संयुक्त राष्ट्र संघको महासभाले सन् १९४८ को डिसेम्बर १० अर्थात् आजकै दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको हो । यस दिनलाई विश्व समुदायले मानव अधिकारको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ । घोषणापत्र जारी भएको आज ७५ वर्ष पूरा भएको छ ।
यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । साथै यस अवसरमा प्रत्येक व्यक्तिको जीवन, मर्यादा, समानता, स्वतन्त्रताका साथै मानव अधिकारको सम्मान, संरक्षण र संर्वद्धन गरी मानव अधिकार संस्कृतिको विकास गर्न नेपाल सरकारको प्रतिवद्धता व्यक्त गर्दछु ।

हामीलाई जलवायु परिवर्तन, दिगो विकास, प्राकृतिक विपदहरु, आर्थिक तथा सामाजिक अधिकारहरुको संरक्षण र प्रवर्धन गर्ने रणनीति तय गरी कार्यान्वयनमा एकजुट भएर काम गर्न सन्देश दिएको छ । हाम्रो समाजमा जरा गाडेर बसेको जातिय, क्षेत्रीय, लैंगिक तथा परम्परागत विभेदका कारणहरुलाई सम्बोधन गर्न नेपालको संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था भए बमोजिम कानून बनाई मानव अधिकारको प्रत्याभूति दिलाउन र नेपालले अनुमोदन गरेका मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिवद्धताहरु पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशीलरहेको छ ।
सरकारले नेपाल पक्षभएका मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको दायित्व पूरा गर्दै आइरहेको छ भने केही बडापत्रमा आधारित र सन्धिजनित समितिमा पेश हुन बाँकी आवधिक प्रतिवेदनहरुसाथै विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदन समयमा नै पेश हुने कुरामा समेत सरकार दृढ छ ।

अन्त्यमा, ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका उपलक्ष्यमा मानव अधिकार संरक्षणका लागि अहोरात्र खटिने सरकारी तथा गैरसरकारी संयन्त्र, मानव अधिकारको खवरदारी गर्ने मानव अधिकार रक्षक, नागरिक समाज, पत्रकार, कुटनीतिक नियोगलगायत सबैमा हार्दिक शुभकामना दिन चाहन्छु ।

२४ मंसिर, २०८० (१० डिसेम्बर, २०२३)
पुष्पकमल दाहाल ‘प्रचण्ड’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist