ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

“सरकारले राम्रो काम गर्न थालेपछि विक्षिप्त भएकाहरु षडयन्त्रमा लागेका छन” – प्रम दाहाल

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० मंसिर २५ गते, १७:४२ बजे
“सरकारले राम्रो काम गर्न थालेपछि विक्षिप्त भएकाहरु षडयन्त्रमा लागेका छन” – प्रम दाहाल
23
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकारका कामबाट विक्षिप्त बनेकाहरु भ्रम र जालझेलको षडयन्त्रमा लागेको टिप्पणी गरेका छन् ।

सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तराष्ट्रिय कुटनीतिका क्षेत्रमा राम्रा कामहरु अघि बढाएपछि व्यवस्थाविरोधी शक्तिहरु अत्तालिएको वहाँको भनाई थियो ।

काठमाडौंको गोकर्णेश्वरमा आयोजित ‘जनतासँग माओवादी: विशेष रूपान्तरण अभियान’ अन्तर्गत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार बनेको बेला देखि नै सरकारविरुद्ध लागेकाहरु अहिले झनै अत्तालिएर संविधानमाथि नै धावा बोल्ने दुस्साहस गर्न थालेको बताए ।

`एकथरि व्यक्तिहरुले सरकार गठन भएदेखि नै नेपाल श्रीलंका बन्ने भयो, उत्पातै हुनेभयो, आकाशै खस्ने भयो भन्ने किसिमले प्रचार गरे ।´ उनले भने, ‘तर सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा राम्रा काम गर्दै गएपछि यसरी कुप्रचार गर्नेहरु विक्षिप्त बनेर व्यवस्थाविरूद्ध अनर्गल प्रचारबाजी र सरकारलाई बदनाम गर्ने षडयन्त्रमा लागेका छन् । यतिले मात्रै नपुगेर संघीयता, धर्मनिरपेक्षता, जाति, वर्ग क्षेत्र लिंगका अधिकारविरुद्ध लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गर्न पुगेका छन् । संविधानमाथि नै धावा बोल्ने दुस्साहस गर्न थालेका छन् ।”

सरकारले सामाजिक न्यायका पक्षमा इतिहासकै महत्वपूर्ण निर्णय गरेको उनले बताए ।

सरकारले युगौंदेखिका सामन्ती उत्पीडनहरुको अन्त्य गर्न मीटरब्याज पीडितहरुका पक्षमा कानुन नै दिएर सामन्ती दलालहरुको पीडाबाट हजारौं जनतालाई मुक्ति दिन सफल बनेको उनको जिकिर थियो ।

यसैगरी लाखौं लाख नेपाली आमाबुवाका सन्तानले नागरिकता नपाउने पीडाको समेत सम्बोधन गरेको उनले भने, `मीटरब्याज पीडितहरुका पक्षमा आयोग र ऐन नै बनाएर पीडकहरुमाथि कार्वाही गरियो । पीडितहरुका लागि यो मुक्ति अभियान जस्तै भयो पनि । यसैगरी बुवाआमा नेपाली भएर पनि नागरिकता नपाउनुको पीडा झेलेका ७, ८ लाख नेपालीले नागरिकता पाउन सके ।´

उनले भने, “विदेश काम गर्न पुगेका र स्वदेशमा समेत स्वरोजगार र विभिन्न क्षेत्रमा कार्यरत लाखौंलाख श्रमिकहरुलाई सामाजिक सुरक्षा अभियानमा समावेश गराएर उनीहरुको भविष्य सुरक्षित सुनिश्चित गरिएको छ ।”

प्रधानमन्त्री प्रचण्डले सुशासनका पक्षमा सरकारले ठूलाठूला भ्रष्टाचारका काण्डहरुको छानबीन अघि बढाएको, भूमाफिया र तस्करीविरुद्ध नयाँ अभियान चलाएको, अन्तर्राष्ट्रिय क्षेत्रमा सफल कुटनीतिक अभ्यास गरेको र त्यसमा पनि खासगरी जलवायु न्यायका क्षेत्रमा निर्णायक पहल गरेको बताउदै यी कामहरुबाट व्यवस्थाविरोधी शक्तिहरु छटपटिएको बताए ।

अर्थतन्त्रमा देखिएको संकटलाई ठूलो देखाएर नेपालमा के के न हुने हो भन्दै जनतालाई आतंकित बनाएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले सबै क्षेत्रसँग निरन्तर छलफल र संवादको प्रयासमार्फत अर्थतन्त्रमा देखिएको बाह्य र आन्तरिक दबाब कम गर्दै अर्थतन्त्रलाई लयमा ल्याउने वातावरण बनाएपछि अराजक तत्वहरु झनै अत्तालिएको बताए ।

“अर्थतन्त्रमा देखिएका समस्या, लघुवित्तसँग सम्बन्धित र पीडितका समस्या, बैंक ब्याजदर, अन्य वित्तिय क्षेत्रका समस्याहरु हल गर्न नीजि क्षेत्रलाई समेत विश्वासमा लिएर निरन्तर गरेको पहलका कारण अहिले कतिपय आर्थक सूचकहरु सकारात्मक देखिएको र अर्थतन्त्र चलायमान हुने दिशामा अघि बढेको छ । राष्ट्र बैंकको पछिल्लो समिक्षा यसकै प्रतिफल हो ।” उनले भने, “यद्यपी तथ्यांकहरु सकारात्मक भएपनि अर्थतन्त्र अझै चलायमान हुन सकेको छैन । अझै पनि आर्थिक क्षेत्रमा लयमा जान सकेको छैन । सरकारले अर्थतन्त्रमा देखिएको दबाब अन्त्य गर्न निरन्तर प्रयास गरिरहेको छ । तर व्यवस्थाविरोधी शक्तिहरुले फैलाएको निराशाजनक भ्रम भने चिरिएको छ।”

प्रधानमन्त्री प्रचण्डले इतिहासमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउँदै नेपाली समाजमा देखिएका समस्याहरु लोकतान्त्रिक गणतन्त्रबाटै हल हुने ठोकुवा समेत गरे ।

“कतिपय विक्षिप्त शक्तिहरु व्यवस्थाविरुद्ध भ्रम छर्न, बदनाम गर्न लागिपरेका छन् । कुनै बेला इतिहासमा मिल्काइएका राजा महाराजाहरु ल्याउने कुरा गरिरहेका छन् ।” उनको भनाइ थियो, “तर लोकतान्त्रिक गणतन्त्रको विकल्प हिजोको सामन्ती निरंकुशतन्त्र कदापी हुन सक्दैन । पछिल्लो समयमा अराजकता मच्चाउन खोजेपनि वितण्डा मच्चाउन खोज्नेहरु असफल बनेका छन् ।”

प्रधानमन्त्री प्रचण्डले सामन्ती भूस्वामित्वका कारण सिर्जना भएको सुकुम्बासी तथा भूमिहीनहरुको समस्या समाधान गर्न समेत सरकारले निर्णायक पहल गरेको बताए ।

नेपालमा सुकुम्बासी समस्यालाई सधैंका लागि अन्त्य गर्न वन तथा भूमि ऐनले अवरोध सिर्जना गरेपछि दुबै ऐन संशोधन गरेर केही समयभित्रै लाखौंलाख सुकुम्बासीलाई जग्गा प्रदान गर्ने काममा सरकार अघि बढेको उनले  जानकारी दिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist