ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सशस्त्र प्रहरीद्वारा मोडर्न प्रिपेरेटोरी स्कुलका विद्यार्थीलाई विपद जोखिम न्यूनीकरण तालिम  

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० मंसिर २८ गते, २०:५५ बजे
सशस्त्र प्रहरीद्वारा मोडर्न प्रिपेरेटोरी स्कुलका विद्यार्थीलाई विपद जोखिम न्यूनीकरण तालिम  
43
SHARES
Share on FacebookShare on Twitter

 इटहरी । सशस्त्र प्रहरी बल पकलीद्वारा इटहरीको मोडर्न प्रिपेरेटोरी स्कुलका विद्यार्थीहरुलाई विपद जोखिम न्यूनीकरणका लागि प्रशिक्षण दिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीद्वारा इटहरीको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी बिद्यालयका विद्यार्थीहरूलाई विपद् जोखिम न्युनिकरण तालिम सञ्चालन गरेको हो ।

प्राकृतिक प्रकोपको समयमा र प्रकोपपछि आउन सक्ने परिस्थितिलाई उचित व्यवस्थापन गर्न पूर्वतयारी तथा आधारभूत सीपहरुको विकास सबैमा हुनु आवश्यक रहेकोले यसबारे विद्यार्थीलाई जानकारी हुनुपर्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीका एसएसपी रबिनराज कर्णजितले बताए ।

एसएसपी कर्णजितले भने, “बिद्यालय तहबाटै बिद्यार्थीहरुले विपद जोखिम न्यूनीकरणका सैद्दान्तिक सँगै व्यवहारिक ज्ञान जान्न आवश्यक छ । यस्ता प्रशिक्षणले अफ्ठ्यारो अवस्थामा आफु कसरि बच्ने र अफ्ठ्यारो परिस्थतिको सामना कसरि गर्ने भन्ने बारेमा सिकाउछ ।”

सशस्त्र प्रहरी बलले १ नम्बर प्रदेश करिब १ सय ७५ बढी बिद्यालयहरुमा जनचेतनामूलक कार्यक्रम गरिसकेको सशस्त्र प्रहरी बल पकलीका बरिष्ट उपरीक्षक कर्णजीतको जानकारी दिए ।

भुकम्प ,बाढी ,पहिरो डुवान,कटान,आगलागी, शितलहर, दुर्घटना, हावाहुरी,आँधीवेरी, अतिवृष्टी, अनावृष्टी, ज्वालामुखि लगाएतका आपत्त कालिन अवस्थामा आइ पर्ने समस्याका कारण, समाधान, बच्ने उपाय र  समस्या आईपरेको खण्डमा के गर्ने ? भन्ने विषयमा सशस्त्र प्रहरी बल पकलीका निरिक्षक टेकबहादुर कटुवालले प्रशिक्षण दिएका थिए ।

विपद् व्यवस्थापन कार्यमा विपद्पछि उद्दारको कार्य गरिनु मात्र नभई विपद् अघिनै यसबाट जोगिनको लागि  जनचेतनामा अभिबृद्धि गर्न ‘विपद् न्युनीकरण कार्यक्रम’को जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका निरिक्षक कटुवालले बताए ।

बिद्यालयका एक सय पचास भन्दा बढी विद्यार्थीलाई प्राकृतिक विपद न्यूनीकरणको बारेमा प्रशिक्षण दिईएको मोडर्न प्रिपेरेटोरी विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले जानकारी दिए । बिद्यालयले विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम, अतिरिक्त कृयाकलाप, शैक्षिक भ्रमण, वार्षिकोत्सब लगायतका काम गर्दै आएको प्रधानाध्यापक पौडेलले बताए  ।

विद्यालयमा जनचेतनामूलक कार्यक्रमले आफुहरुले आपत्तकालिन अवस्थामा आइपर्ने समस्याबाट कसरी बच्ने र समस्या न्यूनीकरणका लागि के कस्ता उपायहरु हुन्छन् भन्ने बिषयमा जानकारी पाएको बिद्यालयमा अध्यनरत छात्रा खुसि विष्टले बताइन् ।

सशस्त्र प्रहरी बलले घरमा प्रयोग हुने ग्यास सिलिन्डरमा आगो लागेको अवस्थामा कसरी नियन्त्रमा लिने भन्ने विषयमा समेत व्यवहारिक अभ्यासको प्रदर्शन गरेको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले आगलागी नियन्त्रणका क्रममा प्रयोग हुने सामाग्रीहरुहरुको अवलोकन गरेका थिए ।

गत साता नेपाल प्रहरीसँगको सहकार्यमा “लागूऔषध दुर्व्यसन र अनलाइन इन्टरनेटका माध्ययमबाट हुने यौन जन्य हिंसाबाट कसरी बच्ने ?” विषयमा बिद्यालयले सचेतना एवम् प्रशिक्षण कार्यक्रम सञ्चालान गरेको थियो ।

नियमित रुपमा बिद्यार्थीहरुलाई किशोरावस्था आइपर्ने चुनौतीहरुलाई कसरि सामना गर्ने र सामाजमा फैलिएका बिकृतीहरुबाट कसरी बच्ने भन्ने बिषयमा बिभिन्न कार्यक्रमहरु सञ्चालान गर्दै आएको छ ।

तस्वीरहरु :

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist