ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मधेस लोकतन्त्रको हकदार हो, नेताको बफादार होइन : मुख्यमन्त्री कार्की

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० पुस १३ गते, १३:१९ बजे
मधेस लोकतन्त्रको हकदार हो, नेताको बफादार होइन : मुख्यमन्त्री कार्की
21
SHARES
Share on FacebookShare on Twitter

बारा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मधेस लोकतन्त्रको हकदार रहेको बताएका छन् । मधेस प्रदेश यात्रामा रहेका मुख्यमन्त्री कार्कीले सप्तरीदेखि पर्सा जिल्लासम्ममा भेटेका स्थानीयवासी, राजनीतिक नेतृत्व, शुभचिन्तक, समर्थक लगायतका व्यक्तिसँगको भेटघाटमा संघीय लोकतान्त्रिक गणतन्त्र मधेसको पूँजी रहेको उल्लेख गरेका हुन् ।

उनले युवा पुस्ताको विचारलाई स्थापित गराउनु आफूहरू सबैको दायित्व भएको बताएका छन् । ‘हामी नेताको बफादार भयौँ तर हाम्रो पालोमा कोही भएन त्यसैले अब हाम्रो विचारको पुस्तालाई स्थापित गराउनु हामी सबैको दायित्व हो ।

’ उनले भने, ‘लाइक र कमेन्टका लागि पार्टी बैठकमा हस्ताक्षर गर्ने तर बैठकबाट बाहिर आएर नोट अफ डिसेन्ट लेखेको भ्रम फैलाउने आफैले आफैलाई युवा नेताको उपाधी धारण गर्नेहरूबाट सचेत रहनु आवश्यक छ ।’

मधेस प्रदेशका अधिकांश जिल्लावासी शिक्षा, स्वास्थ्य उपचार, सुरक्षित बसोबासका लागि कोशी प्रदेशमा समेत रहेकाले उनीहरूलाई जस्तोसुकै अप्ठ्यारोमा साथ र सहयोग गर्ने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले जनाएका छन् ।

प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रदेशको अ‍ौचित्य सिद्ध गर्न संविधानको पूर्ण कार्यान्वयनका लागि समन्वय र सङ्घर्ष सुरु गरेको उल्लेख गर्दै कार्यकर्तामाझ पार्टी बैठकको निर्णयमा भित्र हस्ताक्षर गरेर बाहिर नोट अफ डिसेन्ट लेखेको भनेर झुटको खेती गर्नेको पछाडि नलाग्न आग्रह गरे ।

उनले भने, ‘पार्टीलाई कमजोर हुन नदिनका लागि नै कारबाहीको डर नराखी पार्टीमा संविधान अनुसार विद्रोह गरेर मुख्यमन्त्री भएको हो । संविधानको पूर्ण कार्यान्वयनका लागि समन्वय र सङ्घर्ष सुरु गरिएको छ ।

’ जसका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरुले वाग्मती प्रदेशको राजधानी हेटौँडामा सङ्घीय सरकारसँग संविधान बमोजिम अधिकार प्रत्यायोजनको लागि दबाबमूलक माग गर्दै छन् ।

शुक्रवारसम्म चल्ने कार्यक्रममा मुख्यमन्त्रीहरुले यसअघिका निर्णय कार्यान्वयनका साथै अहिलेसम्म भएका कामको समीक्षा गर्दै थप तदारुकताका लागि दबाब दिने कार्यसूची तय गरिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist