इलाम। इलाममा शनिबार देखि जारी प्रथम इलाम गोल्डकप फूटबल प्रतियोगितमा बर्तामोड युनाईटेड झापाले ३.० अन्तर गोलले राष्ट्रिय जार्गीती क्लव सुनसरीलाई पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको छ । इलामको ठूलो टुडिखेलमा संचालीत गोल्डकपमा बिर्तामोड युनाईटेडका हिसुभ थपलियाले खेल संचालन भएको ३७ औं मिनेटमा गोल गरेर आफ्नो टिमलाई अगाडि पारेका थिए ।
त्यस्तै खेलको ५१ औं मिनेटमा थपलियाले नै एक गोल र ८६ औं मिनेटमा गील्सोन खन्दङवाको एक गोलले बिर्तामोड युनाईटेड सेमिफाईनलमा प्रबेश गरेको हो । आजको खेलको म्यानअफ द म्याच हिसुभ थपलिया भएका छन । भोलि हने खेल एनआरटी काडमाडौं र बाग्मति युवा क्लब सर्लाहि बिच प्रतिस्पर्धा शुने आयोजकले बताएको छ ।
१३ गते सम्म संचालन हुने खेलमा विजेताले नगद पाँच लाख र उपविजेताले नगद ३ लाख पुरस्कार पाउने आयोजक रेडहर्ष फुटबल क्लबका अध्यक्ष साङ्गेन योल्मुले जानकारी दिनुभयो । यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर र उदयीमान खेलाडीलाई समेत पुरस्कृत गरिने उहाँले बताउनुभयो ।प्रतियोगितामा एनआर टी सहित आठ टीमको सहभागिता रहेको छ ।