ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मोरङका चन्द्रबहादुर बस्नेतको शव चन्दा उठाएर इराकबाट पठाइयो घर

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन ११ गते, ७:०५ बजे
मोरङका चन्द्रबहादुर बस्नेतको शव चन्दा उठाएर इराकबाट पठाइयो घर
27
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । इराकमा मृत्यु भएका मोरङ बयरबन–९ घर भएका चन्द्रबहादुर बस्नेतको शव आर्थिक संकलन गरेर नेपाल पठाइएको छ ।

केही वर्षदेखि रोजगारीका क्रममा कुर्दिस्तान इराकको अर्बिल सहरमा पुगेका बस्नेतको गत ३ डिसेम्बरका असामयिक निधन भएको थियो । त्यसपछि शव व्यवस्थापनका लागि अन्योल खडा भएको थियो ।

श्रम स्वीकृति नहुँदा शव पठाउन झन्झटिलो र बढी खर्च हुने भएपछि शव अलपत्र अवस्थामा परेको थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकले उनको शव नेपाल पठाउन आर्थिक अभियान सञ्चालन गरेको थियो ।

मृतकका दाइ सम्पर्कमा आई आमाका लागि भए पनि शव पठाउनका लागि सहयोग मागेको र सोहीनुसार आर्थिक सहयोग संकलन गरी शव बुधबार टर्किस एयरलाइन्समार्फत नेपाल पठाउन सफल भएको एनआरएनए इराकका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

‘यहाँबाट शव पठाउन निकै खर्च लाग्ने र झन्झटिलो छ, मृतक अवैधानिक रूपमा बसेको र साथमा राहदानी पनि नभएकाले शव पठाउन करिब तीन महिना लाग्यो,’ अध्यक्ष श्रेष्ठले भने ।

नेपालसम्म शव पठाउन ३ हजार ४ सय ८८ अमेरिकन डलर खर्च लागेको छ भने अभियानका क्रममा उठेको रकमको विवरण नामावलीसहित प्रकाशन गरिने एनआरएनएले जनाएको छ ।

‘नेपाल सरकारबाट कुनै सहयोग हुँदैन, मृतक पनि ‘इलिगल’, उनको कम्पनी पनि छैन राहदानी पनि छैन, यस्तो अवस्थामा कतैबाट सहयोग पाइँदैन,’ अध्यक्ष श्रेष्ठले भने, ‘यहाँ (इराक)मा मृत्यु भएका नेपालीको शव पठाउन हरेकपटक आर्थिक संकलन गर्नुपर्छ ।’

इराकबाट शव नेपाल पठाउन ४ हजार ३ सय डलरदेखि ७ हजार डलरसम्म लाग्छ । इराकमा मृत्यु भएका नेपालीको शव नेपाल पठाउन हरेकपटक आर्थिक अभियान संकलन गर्नुपरेको श्रेष्ठले बताए ।

सरकारले प्रतिबन्ध लगाएको इराकमा करिब २० हजार नेपाली कामदार कार्यरत छन् । नेपाल सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलालहरूलाई मात्र फाइदा पुगेको त्यहाँस्थित विभिन्न नेपाली संगठनले बताउने गरेका छन् ।

विदेशमा ज्यान गुमाउने नेपालीहरूको संख्या दिनानुदिन बढ्दो छ । दलालले पछिल्लो समय भारतको बाटो हुँदै इराक, जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् ।

अवैध बाटोबाट विदेश पठाउनेक्रम बढ्दा मानव तस्करहरूलाई फाइदा हुने गरे पनि नेपाली कामदारले भने दुःख पाउने गरेका छन् ।

गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ ।

राजधानी दैनिकमा प्रकाशित छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist