ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

‘बुधबारे हटियामा डोजर चल्नुमा वाणिज्य संघ दोषी’ आफूहरुलाई संकट पर्दा नेतृत्व भागेको व्यवसायीको आरोप

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन १३ गते, ११:१२ बजे
‘बुधबारे हटियामा डोजर चल्नुमा वाणिज्य संघ दोषी’ आफूहरुलाई संकट पर्दा नेतृत्व भागेको व्यवसायीको आरोप
23
SHARES
Share on FacebookShare on Twitter

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनको लागि मत माग्दै उम्मेदवारहरु आइरहँदा बुधवारे हटियाबाट उठिवास लगाइएका व्यवसायीहरुको मन पोलिरहेको बताएका छन् । आफूहरु त्यहाँबाट विस्थापित हुँदा करोडौंको क्षति बेहोर्नु परेको उनीहरुको आरोप छ ।

क्षतिको मुख्य कारण बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्व रहेको उनीहरुको आरोप छ । वाणिज्य संघको निर्वाचनमा उम्मेद्वार बनेका दुईवटा प्यानलमध्ये आफूहरुलाई संकट पर्दा कस्ले सहयोग ग¥यो र कस्ले डुबायो निर्वाचनबाट पहिचान गर्ने बताएका छन् ।

‘हामीहरुको घाऊ आलै छ उहाँहरु भोट माग्न आउनुहुन्छ उहाँहरुलाई देखेर मन अझ दुख्छ ’ बुधवारे हटियाबाट विस्थापित बनेका व्यवसायी घनश्याम अधिकारी भने । अधिकारीका अनुासर बेलैमा उठ्न दिएको भए ठूलो क्षति बेहोर्नु पर्दैनथ्यो । अधिकारीका अनुसार वाणिज्य संघको नेतृत्वले गरेको कमजोरीलाई हेर्दा संघ नै खारेज गर्नुपर्छ भन्ने लागेको छ ।

बिर्तामोड नगरपालिकाले पटकपटक गरी ६ महिनाको म्याद बुधवारे हटिया खाली गर्न व्यवसायीहरुलाई दिएको थियो । तर, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष तथा हालका अध्यक्षका उम्मेदवार राजु न्यौपानेले व्यवसायीहरुलाई उठ्न नदिएको व्यवसायीहरुको भनाई छ ।

नगरपालिकासँग शिवाकोटी र न्यौपानले बुधबारेका व्यापारीहरु प्रयोग गरेर पूर्वाग्रह साँधेका थिए । व्यापारीहरु भन्छन्, नगरपालिकाको सूचना अनुसार हामीलाई सामान उठाउन नदिएर ठूलो क्षति गराएको त्यहाँका पीडित व्यवसायीहरुको बुझाई छ ।

बुधवारेको देवी हाट बजार खाली गर्ने नीतिगत निर्णयलाई नगरपालिकाले प्रक्रियागत ढंगले अघि बढाएको थियो । पटक–पटक सार्वजनिक सूचना जारीसँगै माइकिङसमेत गरेको थियो ।

तर, वाणिज्य संघका अध्यक्ष शिवाकोटी र हालका अध्यक्ष पदका उम्मेदवार न्यौपानेले हट्न नदिई करिव एक सय चालिस जना व्यवसायीहरुको करोडौंको क्षति गराए । ती दुई जनाकै उक्साहटमा लागेर ठाउँ खाली नगर्दा गत जेठ ८ गते नगरपालिकाले व्यवसायीहरुको घर टहरामाथि डोजर चलाउनु पर्यो ।

आफ्ना टहरामाथि डोजर चलाइदा व्यवसायीहरुमा रुवाबासी नै चलेको थियो । आखिर यो सबै बिल्लीबाठ तिनै व्यापारी नेताको कारणले भएको भन्ने आफूहरुको बुझाई रहेको अर्का विस्थापित कृष्ण अधिकारी बताउँछन् । ‘रोकेर व्यवसायीहरुलाई जुन तरिकाले हटाइयो, विल्लीबाठ गराइयो त्यो राम्रो भएन ’ उनले गुनासो पोखे । व्यवसायीहरु राजनीतिक कार्यकर्ता नभएको भन्दै उनले असल काम गरेको उम्मेदवारलाई यसपटक मतदान गर्ने बताएका छन् ।

त्यस्तै, बुधवारे हटियाका अर्का व्यवसायी राजन काफ्ले ती दुखद दिन सम्झदै भन्छन्, ‘बिर्तामोड बुधबारे हटिया प्रकरणमा वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेदवार न्यौपानेले व्यापारीलाई न रोक्न सके, न त समयमा निस्किन दिए । उनीहरुको मुर्खतापूर्ण व्यवहारका कारण हामीले धेरै नै दुःख पायौं । समयमा जान दिएको भए आफ्नो सामान उठाउन सक्थ्यौं । डोजर आएपछि शिवाकोटी र न्यौपाने दुवै जना भागे । हाम्रो बेहाल भयो । नगरपालिकाले मार्केट निर्माणको ठाउँ खोज्दा पनि शिवाकोटी र न्यौपानेले नजानु भने ।

अहिले उनीहरुले अर्जुन मैनालीलाई दोष देखाइरहेका छन् । मैनालीकै सहयोगमा हामी अहिले नयाँ मार्केट बनाएर बसेका छौं । हामीलाई झुटो आशा देखाउने न्यौपाने वाणिज्य संघमा उठेर फेरि पनि व्यापारीलाई नै धोका दिने त होलान् । नगरपालिकाले बनाउने नयाँ विल्डिङमा हामीले व्यापार गर्न पाउनेछौ भन्ने पूर्ण आशा गरेका छौं ।’

बुधवारे हटियाबाट बिस्थापित व्यवसायीहरुलाई पुनस्र्थापित गर्न वाणिज्य संघका महासचिव तथा स्वतन्त्र व्यावसायिक प्यानलका अध्यक्षका उम्मेदवार अर्जुनकुमार मैनालीले सहयोग गरेका थिए । उनीहरुले मार्केट निर्माण समेत मैनालीले आवश्यक सहयोग गरेको बताएका छन् ।

पुरानो बजारको नजिकै उत्तर पूर्वमा नयाँ बुधबारे बजार निर्माण गर्नका लागि मैनालीले १ सय बोरा सिमेन्ट उपलव्ध गराएको व्यवसायी घनश्याम अधिकारीले बताए । नगरपालिकाले खाली गराउनुभन्दा एक साताअघि बुधवारे हटियाका व्यवसायीहरुलाई सिटी सेन्टरमा सार्ने पहल गरिएको थियो ।

‘सिटी सेन्टरका डेढ सय वटा सटर ३५ सयदेखि ५ हजारसम्म मासिक भाडा तिर्नेगरी बुधवारे हटियाका व्यवसायीहरुलाई सार्ने निर्णय भइसकेको थियो’ वाणिज्य संघका महासचिव मैनालीले स्मरण गर्दै भने, ‘सिटी सेन्टरबाट चिल्ड्रेन पार्क हटाउने र व्यवसायीहरुले एक लाख रुपैयाँ धरौटी दिने सहमतिसमेत भइसकेको थियो ।’

वाणिज्य संघका अध्यक्ष र वरिष्ठ उपाध्यक्षले उठ्न नदिएर व्यवसायीहरुको ठूलो क्षति गराएको उनको पनि ठम्याई छ । त्यसअघि पनि मिटरबक्सको कुरालाई लिएर सानो मुद्धामा ठूलो राजनीति गरेको मैनालीको बुझाई छ ।

टहरा खाली भएको त्यस क्षेत्रमा बहुतले व्यावसायिक भवन बनाउने योजना रहेको छ । टहरा भत्काइदिएपछि बिचल्लीमा परेका बिर्तामोड बुधबारे हटियाका व्यवसायीहरु तीन ठाउँमा मार्केट निर्माण गरेर व्यापार गरिरहेका छन् ।

पुरानो बजारको नजिकै उत्तर पूर्वमा करिव डेढ करोड रुपैयाँको लागतमा निर्माण गरिएको नयाँ बुधबारे बजारमा ६० जना व्यवसायीहरुले पसल संचालन गरेका छन् ।

त्यस्तै बुधवारे हटियाबाट बिस्थापित केही व्यवसायीहरुले कन्काई हस्पिटलको दक्षिण र मनमोहन हस्पिटलको पूर्वपट्टी ४४ वटा सटर भाडामा लिई पसल खोलेका छन् भने पश्चिम बस स्टेण्ड दक्षिणमा रहेको ‘हाम्रो बजार’ मा ४६ जना व्यवसायी सरेका छन् ।

वाणिज्य संघका अध्यक्ष र वरिष्ठ उपाध्यक्षको गतिविधि र घुसपैठका कारण बुधवारे हटियाका व्यवसायीहरुले दुःख पाएको स्मरण अझै ताजै छ, आम व्यवसायी भन्छन् ।

वाणिज्य संघका अध्यक्ष शिवाकोटी र वरिष्ठ उपाध्यक्ष न्यौपानेले २०७८ साल बैशाख ९ गते नगरपालिकामा बसेको बैठकमा देवीहाट बजार खाली गर्ने सहमति गरी हस्ताक्षर गरेका थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist