ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत (पूर्णपाठसहित)

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन १४ गते, १४:५२ बजे
प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत (पूर्णपाठसहित)
32
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता प्रस्तुत भएको छ ।

बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गरेका हुन् ।

प्रस्ताव प्रस्तुत गर्दै अर्थ मन्त्री डा. महतले लगानीको अनुकूल वातावरण सिर्जना गर्न गरिएको प्रक्रियागत सरलीकरण, नीजि क्षेत्रसँगको संवाद, पूँजीगत खर्च वृद्धि गर्न गरिएको पहल, वित्त नीति र मौद्रिक नीति बीचमा गरिएको तालमेलका कारण अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अगाडी बढेको बताए ।

उनले विद्युत् उत्पादन र पर्यटकको आगमन वृद्धि तथा विदेशी लगानी बढ्नुले मुलुकको अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको उल्लेख गरे ।

अर्थमन्त्री डा.महतले आगामी आर्थिक वर्षका लागि सार्वजनिक ऋण भुक्तानीका लागि मात्रै १ खर्ब रुपैयाँ छुट्याउनुपर्ने जानकारी गराउनुभएको छ ।

अर्थमन्त्री डा.महतले सामाजिक सुरक्षा कोषमा सिर्जित दायित्व बढ्दै जानु चुनौतीपूर्ण रहेको, हाल राजस्व सङ्कलन लक्ष्यअनुसार नभए पनि गत वर्षको तुलनामा करिब १० प्रतिशत बढेको र आगामी दिनमा थप बढ्ने बताए ।

उनले ‘आगामी बजेटमा उत्पादन वृद्धि, रोजगारको सिर्जना गर्ने गरी अर्थतन्त्रलाई दिशा निर्देशन गर्नु जरुरी रहेको बताए । अर्थमन्त्री डा. महतले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका  सिद्धान्त र प्राथमिकता तय गर्दा संविधानले प्रत्याभूत गरेको मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र नीति तथा दायित्वलाई प्रमुख मार्ग दर्शनका रुपमा लिएको बताए ।

अर्थमन्त्री डा.महतले दिगो एवं समावेशी आर्थिक वृद्धिका लागि ऊर्जा, कृषि, पर्यटन तथा सूचना प्रविधिलगायतका आर्थिक वृद्धिमा उच्च योगदान दिन सक्ने क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने गरी सरकारी स्रोतको परिचालन गरिने बताए ।

उनले देशभित्रै उत्पादन र रोजगारीका अवसर बढाउन नीजि क्षेत्रको लगानीलाई सहज वातावरण बनाउने, सार्वजनिक खर्चको प्रभावकारिता वृद्धि गर्नेतर्फ बजेट उन्मुख हुने बताए ।

अर्थतन्त्रका बाह्य र आन्तरिक सुचांकहरुलाई प्रभाव पर्ने वित्त र मौद्रिक नीतिलाई एकै लयका सबल र सुदृढ बनाउने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, सरकारको आम्दानी र खर्चबीच सन्तुलन कायम गरी सार्वजनिक वित्तलाई सुदृढ र दबाबमुक्त बनाउनेतर्फ बजेट उन्मुख हुने बताए ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक २०८० सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको प्रतिवेदन टेबुल भएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन १८ गते शुक्रवार बिहान ११ बजे बस्ने छ । पूर्णपाठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist