सुनसरी । केही दिन अघि मात्र प्रदेश १ का मुख्यमन्त्री बनेका भीम आचार्यलाई प्रदेश प्रमुखले
किर्ते गरेर मुख्यमन्त्री बनाएको भन्दै भीम आचनर्यलाई प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता राजिव कोइरालाले आरोप लगाएका छन् ।
भीम आचार्य केही दिन अधि मात्र प्रदेश १ का मुख्यमन्त्री बनेका थिए । शेरधन राईले राजिनामा दिए पछि आचार्य मुख्यमन्त्री बनेका थिए ।
एमालेले पार्टी फुटेका बेला फाइदा उठाउँदै एकल सरकार जस्तो गरी सरकार परिर्वतन गरेको नेता कोइरालाको आरोप थियो । सुनसरीको इटहरीमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै कोइरालाले भने, ‘प्रदेश प्रमुखले किर्ते गरेर संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमतको सरकार जस्तै गरी भिम आचार्य नेतृत्वको प्रदेश सरकार बनाएको तर उहाँहरु संग बहुमत छैन ।’
नेता कोइरालाले यस अघिको शेरधन राई नेतृत्वको सरकारल सँग पनि सन्तुस्ट थिएनन् उन्ले प्रदेशको नामाकरण समेत गर्न नसकेको आरोप लगाउदै गठवन्धनको सरकार निर्माणमा आफुहरु लाग्ने बताएका थिए ।