काठमाडौं । एमालेले प्रदेश १ र बागमतीको पनि मुख्यमन्त्रीसहित सत्ता गुमाउनुपर्ने भएको छ ।
पार्टी भित्रको झै–झगडाकै कारण एमालेले गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री र सत्ता गुमाइसकेको छ अबस्तामा अब प्रदेश १ र बागमतीको पनि मुख्यमन्त्री र सत्ताको अवस्था धरापमा रहेको छ ।
अहिलेको शेरबहादुर सरकार र एमाले (एकीकृत समाजवादी) पार्टीको गठबन्धन सरकारले प्रदेश–१ र बागमती मा सत्ता बाँडफाँटसम्बन्धी छलफल शुरु भएको र छिट्टै निर्णयमा पुग्ने सम्भावना बढेको कुरा जानकारी गराएका छन् । छलफलमा प्रदेश–१ मा एमालेबाट विभाजित दल नेकपा (एकीकृत समाजवादी) र प्रदेश–बागमती को मुख्यमन्त्री नेपाली कांग्रेसले लिने ‘सैद्धान्तिक सहमति’ बनेको छ ।
अब बाँकी प्रदेशमा मुख्यमन्त्री बाँडफाँटबारे छलफल भइरहेको हो भन्ने प्रश्नलाई सरकारका ज्ञानेन्द्रबहादुर कार्कीले ‘इन्कार’ गरेनन् ।
प्रवक्ता तथा कानुन, न्याय, संसदीय व्यवस्थामन्त्री कार्कीले बाँकी प्रदेशमा पनि मुख्यमन्त्री बाँडफाँटबारे छलफल भईरहेको कुरा जानकारी दिए । उनि भन्छन् । बाँकी प्रदेशमा पनि मुख्यमन्त्री बाँडफाँड, ‘सम्भावना छ ।’
एकीकृत समाजवादीले प्रदेश–१ मा भावी मुख्यमन्त्री को हुने भन्ने नाम चाहिँ प्रस्ताव गरेको छैन । उता प्रदेश–बागमती मा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नै मुख्यमन्त्री बन्ने सम्भावना छ ।







