विराटनगर । प्रदेश १ विराटनगर प्रदेश निर्वाचनमा आज का नेकपा एमालेका ८ जना सांसदहरूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
उनीहरूले विराटनगर प्रदेश निर्वाचनमा पुगेर आफूहरु एमाले नभई समाजवादीको पक्षमा रहेको जानकारी दिए सनाखतका लागि अन्य दुईजना सांसद पनि आउँदै गरेको उनिहरुले बताएका छन् ।
उनीहरूले आजै एमाले छोड्दै समाजवादीको पक्षमा सनाखत गर्न विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेका हुन् ।
एमाले छोड्दै समाजवादीको पक्षमा जाने सांसदहरूमा खोटाङका राजन राई, मोरङका सावित्रा रेग्मी, भोजपुरका राजेन्द्र राई, पाँचथरका गणेश काम्बाङ, इलामकी खिनु लङ्वा लिम्बू, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ रहेका छन् ।
ऋाउदै गरेका सांसद भने मोरङका उपेन्द्र घिमिरे र कृष्णकुमारी राई रहेका छन् । उनिहरु अहिले बाटोमा आउँदै गरेको त्यहाँ उपस्थीत नेताहरूले जानकारी दिएका छन् ।