काठमाडौं । बुधबार सांसदहरुको उपस्थित नहुँदा प्रतिनधि सभाको बैठक स्थगित भएको छ ।
संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रतिनिधि सभामा निर्णयार्थ पेस गर्न एक चौथाइ सांसद उपस्थित हुनुपर्छ । प्रतिनिधि सभाको बैठक यही एक चौथाइ सांसद अर्थात, गणपुरक संख्या नपुगेर स्थगित भएको हो ।
सभामुख देवराज घिमिरेले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए ।
सभामुख घिमिरेका अनुसार गणना गर्दा सभामा ६६ जना मात्रै उपस्थित रहेको थाहा लाग्यो । २७५ सदस्यीय सभामा एक चौथाइ अर्थात ७९ जना सांसद् भए मात्रै कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न सकिने संवैधानिक व्यवस्था रहेको छ ।
अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि राखिएको छ ।







