काठमाडौं, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मतको प्रस्ताव राख्ने प्रदेशसभा सचिवालयले जनाएको हो ।
मुख्यमन्त्री भएको एक साताभित्रै पोखरेलले विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेल विपक्षी गठबन्धनको सहयोगमा मुख्यमन्त्री नियुक्त भएका थिए।
उनलाई मुख्यमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र गरी ३१ जना सांसदको सहयोग छ।
गण्डकी प्रदेशसभा ६० सदस्यीय थियो । उक्त संख्याको बहुमत ३१ पु¥याएर उहाँ मुख्यमन्त्री नियुक्त हुनु भएका थिए।
यसबीचमा राष्ट्रिय जनमोर्चाका एक सांसद हटेका छन्। जनमोर्चाले पार्टी निर्देशन नमानेको भन्दै सांसदबाट कृष्ण थापालाई हटाएको थियो।
यसैबीच विश्वासको मत लिएपछि मात्रै मुख्यमन्त्री नेपालीले मन्त्रिपरिषद विस्तार तथा यसअघि बनाएका मन्त्रीलाई जिम्मेवारी दिने बताइएको छ।