ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

‘जबज विरोधी’ खनाललाई नेकपा (एस)को राजनीतिक प्रतिवेदन लेखनको जिम्मा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १९ गते, १३:०७ बजे
नेपाललाई साथ दिदाँ गृहजिल्लामा कमजोर बन्दै खनाल
22
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले झलनाथ खनाललाई राजनीतिक प्रतिवेदन लेखनको नेतृत्व सुम्पेको छ ।

नेकपा (एस)भित्र तत्कालिन एमालेका महासचिव मदन भण्डारीद्वारा प्रतिवादित जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्ने कि नमान्ने भन्ने बहस चलिरहेका बेला ‘जबज विरोधी’ खनाललाई राजनीतिक प्रतिवेदनको जिम्मेवारी सुम्पेको हो ।

नेकपा एमालेको पाँचौ महाधिवेशनमा भण्डारीले जबज प्रस्ताव गर्दा ‘दक्ष प्रजापतिको टाउको’ भनि टिप्पणी गर्दै फरक मत राखेका खनालले पार्टी दर्ता गर्नुअघि चन्द्रागिरी सम्मेलनलाई नयाँदिल्लीस्थित एपोलो अस्पतालबाट सम्बोधन गर्दै ‘जबजको युग समाप्त भएको’ घोषणा गरेका थिए ।

उनले नेकपा (एस)ले नयाँ राजनीतिक कार्यदिशा बनाउनुपर्ने प्रस्ताव गर्दै दिल्लीबाट मञ्जुरीनामासहित समाजवादीमा सनाखत गरेका थिए । १४ भदौमा स्वदेश फर्किएपछि खनाललाई नेकपा (एस)ले १३ सदस्यीय राजनीतिक प्रतिवेदन लेखन नेतृत्वको जिम्मेवारी दिएको हो ।

खनाल नेतृत्वको राजनीतिक प्रतिवेदनमा जबजमा नै विद्यावारिधी गरेका डा. बेदुराम भुसाल, एमाले प्रदेश सांसदबाट निष्काशित प्रकाश ज्वाला, महासचिवका दावेदारद्धय गंगालाल तुलाधार र बिजय पौडेल, प्रदेश १ का मुख्यमन्त्रीका दावेदार राजेन्द्र राई, सम्भावित मन्त्रीका सूचीमा रहेका जगन्नाथ खतिवडा र रामकुमारी झाँक्रीसहित केशवलाल महर्जन, सावित्रा भुसाल र गणेश विश्वकर्मा रहेका छन् ।

मिति तय नभएको राष्ट्रिय सम्मेलनमा सो राजनीतिक प्रस्ताव पेश गर्ने उद्देश्यसहित खनाल नेतृत्वको राजनीतिक प्रतिवेदन लेखन सुरु भएको हो । मृगौला प्रत्यारोपण गरेर स्वदेश फर्किएका खनालले एक महिनाभित्र राजनीतिक प्रतिवेदन तयार पारिसक्नु पर्ने समयसीमा तोकिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist