सुनसरी । नेपाली काङ्रेसको १४ औं महाधिवेशन अन्तर्गत रामधुनी नगरपालिका वडा नम्बर ६ को वडाअधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ६ स्थित बकलौरीमा भएको उक्त अधिवेसनमा सबै पदमा आकांक्षीहरु बीच सहमती हुन नसकेपछी केही पदका लागि निर्वाचन भएको हो ।
रामधुनी ६ काे वडा सभापति लगायत मुख्य पाँच पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन। समितिका सभापतिमा आशिष श्रेष्ठ निर्वाचित भएका छन भने उपसभापतिमा खुला तर्फ बकलौरीका सन्तोष राई निर्विरोध भएका छन ।
त्यसैगरि, महिला उपसभापतिमा निर्मला चौधरी निर्वाचित भएकी छनभने सचिवमा खुला तर्फ रवि श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन । सचिवमा समावेसी तर्फ जागेश्वर चौधरी निर्वाचित भएका छन भने सह-सचिवमा पुस्कर बस्नेत र दिलिप राजाधामी सर्वसम्मत निर्वाचित भएका छन ।

गत शनिवार वडाको क्रियाशील सदस्यहरुको भेलाले वडा सभापतिमा आशिष श्रेष्ठलाई सर्वसम्मत चयन गरेको थियाे । १ सय १२ जना क्रियाशील सदस्य रहेको यस वडाले सर्वसम्मत सभापतिमा चयन गरिएको हो ।
त्यसैगरी, साेमबार भएकाे निर्वाचनमा क्षेत्रिय प्रतिनिधिहरुमा खसआर्य, आदिबासी जनजाती,दलित, थारु महिला र खुल्ला तर्फकाे महिला सहित सातजना सर्वसम्मत रुपमा निर्वाचित भेका छनभने थारु र खुला क्षेत्रिय प्रतिनिधिहरु भने निर्वाचनबाट चुनिएका छन।
निर्वाचन पछि प्रतिकृया दिंदै सभापति श्रेष्ठले नेपाली काँग्रेस पार्टीको राष्ट्रियता, लोकतन्त्र र समाजवाद अवलम्बन गरी अघि बढ्ने प्रतिबद्धता जनाए । धेरै लामो समयपछि महाधिवेशन हुन गैरेको बेला नेपाली काँग्रेसको वडा स्तरमा गुटबन्दी रूपमा उम्मेदवारी घोषणा नभई पार्टीको नीति अनुसार गएको श्रेष्ठले दाबी गरे ।
आजको मतदानमा एकसय दुई जना क्रियाशील सदस्यहरुले मतदान गरेका थिए। उक्त निर्वाचनमा नेपाली कांग्रेस बकलौरीका पुराना नेता भारत चौधरी उनका निकटतम प्रतिद्वन्दी भोला चौधरीसंग २३ मतको अन्तरले पराजित भएका थिए। वडाको आज सम्पन्न वडा अधिबेसनमा निर्वाचित हुनेमा युवाहरुको उल्लेख्य संख्या रहेको छ।
क्षेत्रिय प्रतिनिधिको नामावली यस प्रकार छ ।
शेखर कार्की
शिव शंकर राजधामी
यमनाथ गुरागाई
प्रदिप राइ
विनोद राजधामी
सरोज गुरागाई
भोला चौधरी
विन्देश्वर चौधरी
रोहित सुब्बा
जानुका कार्की
जानकी चौधरी
सरल कटुवाल
सुनिता कुमारी झा
बाल कुमारी प्रधान
सनीता माली भगत










