ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

प्रचण्डको आरोप एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ २३ गते, १२:५० बजे
प्रचण्डको आरोप एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र
22
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु भिन्नै विचार, प्रवृति र एजेण्डाबाट आएको बताएका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल (वैरागी) को २२औं स्मृतिमा आयोजित कार्यक्रममा उनले आफूहरु भिन्नै शैली, संस्कार र संस्कृतिबाट आएको र त्यसलाई अझ सुदृढ, विकसित र परिमार्जित गरेर जानुपर्ने बताएका हुन् ।

उनले यो पटक आफूहरु माओवादी केन्द्रलाई रुपान्तरण र क्रान्तिकारी दिशामा अगाडि बढाई छाड्ने भनेर सङ्कल्पको साथ केन्द्रीय समिति र स्थायी समितिका बैठकहरु अगाडि बढाइएको बताए । तल्लोस्तरसम्म योजनाबद्ध ढंगले पार्टीलाई पुनर्निर्माण गरी व्यवस्थित गर्न लागिपरेको उनको भनाइ छ ।

एमालेले डलर भित्र्याएर पार्टीभित्र गुट उपगुट बलियो बनाउन खोजेको भन्दै प्रचण्डले सूर्य चिन्ह र मदन भण्डारीको नाम प्रयोग गरेर एमालेका नेतृत्वले पदका लागि मात्र राजनीति गरेको उल्लेख गरे । एमालेजस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य नरहने उनको भनाइ थियो । ‘क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा विघटन गर्न उचित हुन्छ,’ उनले भने ।

अहिले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको उल्लेख गर्दै प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताए । उनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने पनि स्पष्ट पारे ।

आफूहरु गठबन्धनलाई बचाएर सकारात्मक रुपमा अघि बढ्न तयार रहेको तर अर्को वर्ग पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने र प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने खेलमा लागेको प्रचण्डको आरोप छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist