काठमाडौं । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार छ मन्त्री र चार राज्यमन्त्रीको साथ लिएर मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले आफ्नो सरकारमा छ मन्त्री र चार राज्यमन्त्री अभावमा मन्त्रिीपरिषद् विस्तारगर्न सकिएको थिएन ।
उनले मन्त्रीपरिषद् विस्तार गरेसँगै उनको मन्त्रिमण्डल १२ सदस्यीय बनेको छ । मुख्यमन्त्री शाक्यका अनुसार रचना खड्का आर्थिक मामिला तथा योजना, बिजय सुवेदी शिक्षा सामाजिक, शान्तिप्रसाद पौडेललाई उद्योग बन तथा पर्यटन, शशि कटवल क्षेत्री स्वास्थ्य, अजय क्रान्ती शाक्य आन्तरिक मामिला, चन्द्र लामा भूमि कृषि तथा सहकारीमन्त्री बनेका छन् ।
यस्तै चार राज्यमन्त्रीहरु पनि थपेको उनले जानकारी दिएकी छिन् । र शाक्यले थपिएका मन्त्रीहरुलाई मुख्यमन्त्रीको सपथ खाएकी थिइन् ।







