ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

विवादबीच डडेल्धुरामा सुरु भयो कांग्रेस वडा अधिवेशन

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ २५ गते, ११:४२ बजे
विवादबीच डडेल्धुरामा सुरु भयो कांग्रेस वडा अधिवेशन
22
SHARES
Share on FacebookShare on Twitter

डडेल्धुरा । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन सुरु भएको छ ।

जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले निवार्चन निर्देशिकाविपरीत वडा अधिवेशन स्थगनको एकलौटी सूचना गरेको थियो । तर, केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिलाई निर्वाचन स्थगित गर्ने अधिकार नरहेको भन्दै सार्वजनिक तालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाएको हो । तालिकाअनुसार आज बिहान ८ः ३० बजेबाट ५२ वटै वडामा अधिवेशन सुरु भएको छ ।

क्रियाशील सदस्यताको विषयलाई लिएर जिल्ला सभापति मल्ल समूहले निर्वाचन अधिकृत लोकेन्द्र बममाथि कार्यसमितिको बैठकमै हातपात गरेपछि डडेल्धुरा कांग्रेसमा किचलो सुरु भएको थियो । मल्ल समूहले विपक्षी अन्य नेतामाथि समेत नियोजित आक्रमण गर्दा  विवाद थप बल्झिएको एक नेताले जानकारी दिए ।

‘५२ वटै वडामा निर्वाचन सुरु भएको छ,’ निर्वाचन अधिकृत लोकेन्द्र बमले भने, ‘धेरैजसो स्थानमा निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भइसकेको जानकारी मतदान अधिकृतले दिएका  छन् ।’
सभापति मल्लले जिल्ला अधिवेशन भाँड्न खोजे पनि उनकै समूहका धेरैजसो नेताले साथ दिएका छैनन् । मल्ल खेमामा रहेका अधिकांश नेताले वडामा अधिवेशनको प्रक्रियामा भाग लिएका छन् । दुवै समूहका केही नेता क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भइसकेको जानकारी मतदान अधिकृतले दिएका छन् ।

‘सबैतिर उत्साहका साथ वडा अधिवेशन सुरु भएका छन्,’ नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य शेरबहादुर भण्डारीले भने, ‘हामीले निर्वाचन समितिको निर्णय र कार्यतालिकाअनुसार जाने हो, व्यक्ति को भन्छ भन्ने ठूलो कुरा भएन ।’

जिल्लामा अधिकांश भ्रातृ तथा शुभेच्छुक संगठनले बिहीबार नै विज्ञप्ति निकालेर निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गरेका थिए । कांग्रेसकै केही नेताहरूले डडेल्धुरामा अधिवेशन प्रक्रिया रोक्न निर्वाचन समितिलाई दबाब दिएका थिए । तर, समितिले कुनै व्यक्तिको निहित स्वार्थमा अधिवेशन नरोकिने जनाउँदै प्रक्रिया अघि बढाएको हो । जिल्ला सभापति मल्ल समूहले भने निर्वाचन प्रक्रियामा आफूहरूको असहमति रहेको जनाएको छ ।

अधिवेशन प्रक्रिया सुरु भएसँगै डडेल्धुराका कांग्रेस कार्यकर्ता उत्साहित भएका छन् । एक मात्र प्रनिधिनिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा पाँच हजार ६ सय ४३ क्रियाशील सदस्य रहेको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist