काठमाण्डौं । अहिले बालुवाटार प्रधानमन्त्री निवासमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक जारी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलका शीर्ष नेता बैठकमा सहभागी रहेका छन् ।
सरकार गठनको दुई महिना हुँदा पनि मन्त्रिपरिषद् विस्तार गराउन देउबा सरकार अहिले सम्म पनि सफलहुन सकेको छैन् र यस्कै कारणले गर्द देउवा सरकारकोे आलोचना हुँदै आएको छ । अझै केही दिन मन्त्रिपरिषद् विस्तारको सम्भावना नरहेको स्रोतले जानकारी दिएको छ ।
एमाले विभाजन पछि उत्पन्न समस्याले गर्दा र सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद अवरोले मुद्दा सर्वोच्च अदालतमा पुगेकाले त्यहाँबाट आउने फैसलापछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनमा आवद्ध दल सहमत भएका छन् । गठबन्धनमा दल विभाजनसम्बन्धी अध्यादेश के गर्ने भन्ने विषय पनि छलफल भइरहेको छ ।