ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

तनहुँका दुई गाउँपालिकामा संक्रमित शून्य, काेराेना नभएकाे ठाउँमा परीक्षण बन्द

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ २८ गते, १५:३८ बजे
तनहुँका दुई गाउँपालिकामा संक्रमित शून्य, काेराेना नभएकाे ठाउँमा परीक्षण बन्द
19
SHARES
Share on FacebookShare on Twitter

तनहुँ ।  तनहुँमा सोमबारसम्म कोरोनाका सक्रिय संक्रमित एक सय ५२ जना छन् । दैनिक संक्रमितको संख्या ओरोला लाग्दा सक्रिय संक्रमितको संख्या पनि घटेको हो ।

जिल्लाका १० मध्ये दुई स्थानीय तहमा सक्रिय संक्रमितको संख्या शून्य छ । घिरिङ र आँबुखैरेनी गाउँपालिकामा सक्रिय संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य कार्यालय तनहुँले जानकारी दिएको हो ।

हाल संक्रमित शून्य भएका गाउँपालिकामा कोरोना परीक्षण पनि बन्द  । घिरिङमा दुई सातादेखि कोरोना परीक्षण भएको छैन् । पछिल्लोपटक १६ भदौमा कोरोना परीक्षण भएको थियो । परीक्षण गरिएका आठ जनाकै रिपोर्ट नेगेटिभ देखियो । त्यसपछि कोरोना परीक्षण नभएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमाल बताउँछन् । ‘पहिलेको जस्तो जनस्तरमा गएर कोरोना परीक्षण गरिँदैन । ज्वरोका बिरामी, कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामीले कोरोना परीक्षण गर्नुप¥यो भने मात्रै गर्छौँ’, उनले भने ।

आँबुखैरेनी गाउँपालिकाले पनि पछिल्लोपटक २० भदौमा पाँचजनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरेको थियो । सबैको रिपोर्ट नेगेटिभ आयो । एक साता भन्दा बढी भइसक्दा पनि परीक्षण भएको पाइँदैन । कोरोनाको लक्षण देखिएका बिरामीलाई तुरुन्तै गाउँपालिकाले एन्टिजेन विधिबाट कोरोना परीक्षणको व्यवस्था मिलाएको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायको दाबी छ । संक्रमणदर घटेपछि परिक्षण कम गरेको उनले बताए । ‘सर्वसाधारणलाई बोलाएर परीक्षण भने भएको छैन । मागअनुसार गर्ने गरिएको छ,’ उनले भने ।

अनिवार्य मास्कको प्रयोग गर्न लगाउने, भिडभाड बढी हुने स्थानमा प्रहरी प्रशासनसँगको सहकार्यमा नियन्त्रण गरेको कारण संक्रमण शून्यमा झार्न सफल भएको उपाध्याय बताउँछन् ।

पाँच स्थानीय तहमा पनि १० जनाभन्दा कम सक्रिय संक्रमित छन् । भानु नगरपालिाकमा तीन, भिमाद नगरपालिकामा पाँच, ऋषिङ गाउँपालिकामा एक, देवघाटमा चार र बन्दीपुर गाउँपालिकामा ६ जना संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । म्याग्दे गाउँपालिकामा भने १० जना सक्रिय संक्रमित छन् ।

भिमादका जनस्वास्थ्य अधिकृत मनुराज बरालका अनुसार यतिबेला गाउँगाउँमा पनि कोरोनासँग मिल्ने लक्षण भएका बिरामी देखिएका छैनन् । नगरपालिकाले शंकास्पद बिरामीको दैनिकजसो कोरोना परीक्षण गरिरहेको उनको दाबी छ । ‘भिमाद स्वास्थ्य चौकीमा उपचार गराउन आएका बिरामी शंकास्पद भएमा परीक्षण गर्ने व्यवस्था गरेका छौँ । यहाँका मेडिकल सञ्चालकलाई पनि शंकास्पद बिरामीलाई कोरोना परीक्षण गराउन पठाउन भनेका छौँ । तर, पनि संक्रमित घटेका छन्’, उनले भने, ‘यही अवस्थालाई कायम राख्न पाए हुने हो । तीजमा अनावश्यक भिडभाड बढ्यो, त्यसको प्रभावले फेरि संक्रमण बढ्ने हो कि !’

संक्रमितको उच्च संख्या व्यास नगरपालिकामा छ । व्यासमा ७७ र शुक्लागण्डकी नगरपालिकामा सक्रिय संक्रमितको संख्या ४६ रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

भदौ सुरु भएपछि जिल्लामा कोरोनाको परीक्षण र संक्रमणदर दुवै घट्दो छ । जिल्लामा जारी गरिएको निषेधाज्ञासमेत खुकुलो पारिएको छ । राजनीतिक सरगर्मी बढेको छ । कांग्रेसको १४औँ महाधिवेशन केन्द्रित गतिविधि, माओवादी केन्द्रको संगठन पुनर्गठन, एमालेको संगठन गठन र भेला बढ्दो छ । एक हजारौँजनासम्म भेला गरेर राजनितीक कार्यक्रम भइरहेका छन्, जहाँ स्वास्थ्यको मापदण्ड पालना भएको देखिँदैन । संक्रमणदर कम भएपछि भदौ दोस्रो सातादेखि जिल्लामा विद्यालय खोलेर भौतिक उपस्थितिमा पठनपाठन भइरहेको छ ।

तत्कालै संक्रमणदर ह्वात्तै नबढे पनि एक डेढ सातपछि नतिजा निस्कने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी बताउँछन् । उनी भन्छन्, ‘अहिले संक्रमणदर कम छ भनेर लापरबाही गर्ने कुरा होइन । भिडभाड कम गर्नुपर्ने देखिन्छ ।’ निषेधाज्ञामा भिडभाड गर्न नमिल्ने निर्णय भए पनि कसैले पालना नगरिदिएको उनको गुनासो छ । ‘कम्तीमा पनि स्वास्थ्यको मापदण्ड त त पालन हुनुपर्छ’, उनले भने ।

एक सय ५२ जना सक्रिय संक्रमित रहेको जिल्लामा सातजना मात्रै जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा उपचाररत छन् । स्थानीय सरकारले बनाएका आइसोलेसन रित्तो बनेका छन् ।

दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि वैशाखयता जिल्लामा पाँच हजार दुई सय २३ जनालाई कोरोना पुष्टि भएको छ । चार हजार नौ सय ५५ जना संक्रमणमुक्त भए । एक सय १६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । पहिलो चरणको कोरोनाले वर्ष दिनमा २५ जनाको ज्यान लिएको थियो । गत वर्षभन्दा यसपालि पाँच महिनाको अवधिमा कोरोनाले मृृत्यु हुनेको संख्या साढे चार गुणा बढी हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist