काठमाण्डौं । (एससिसी) उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन् । उनले अमेरिकालाई खेलाचिको रुपमा नलिन पनि चेतावनी दिएकि छिन् ।
नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) का पदाधिकारीसँगको छलफलमा यस्तो चेतावनी दिएकी हुन् ।
आफ्नो चारदिने भ्रमणमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल एमालेका नेता केपी शर्मा ओलीलगायत सबै दलका प्रमुखसँग छलफल गरेकी थिइन् । यही क्रममा एमसिसी आयोजना अगाडि बढाउने जिम्मेवारी लिएको संस्था एमसिएका पदाधिकारीसँगको छलफलमा सुमारले नेपाली नेताहरूले अमेरिकालाई खेलाचीका रूपमा लिएको भन्दै आक्रोश पोखिन् ।
उनले प्रत्यक्ष तथा अप्रतक्ष रुपमा वैदेशिक सहयोगमा प्रभाव पार्न सक्ने हैसियत अमेरिकासँग छ भनेकि छिन् । नेपालले लिईदै आएका सबै सहयोगमा प्रभाव पार्न कुनै अपठ्यारो नहुने बताईन् ।







